बीस वर्षमा २१ प्रतिशतले होचोपन घट्यो

बीस वर्षमा २१ प्रतिशतले होचोपन घट्यो

काठमाडौं : बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने होचोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ। सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको 'नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन' प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ। 

पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीकरणमा उल्लेखनीय सफलता हाँसिल गरेको बताइएको छ।

प्रतिष्ठानका अध्यक्ष डा. महेश मास्केले विशेषगरी बालबालिकाको पोषण तथा बालस्वास्थ्यका क्षेत्रमा नेपाललले उल्लेखनीय सुधार गरेकाले होचोपन घटेको बताए।बालरोग विशेषज्ञ प्रा डा. रमेशकान्त अधिकारीका अनुसार सन् १९७५ मा पाँच वर्षमुनिका ७० प्रतिशत बालबालिका पुड्का थिए। उनले भने, 'कुपोषण नै होचोपनको प्रमुख कारकत्व हो, पोषणका क्षेत्रमा पछिल्लो समय सुधार आएको छ, तर ग्रामीण क्षेत्रका बालबालिका पुड्कोपन तुलनात्मकरुपमा घट्न सकेको छैन।'

 
चिकित्सकका अनुसार गर्भधारणदेखि दुई वर्षमुनिका बालबालिकामा पुड्कोपन सुरुआत हुन्छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले कुपोषण अन्त्यका लागि बहुक्षेत्रीय पोषण योजनालाई विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन भइराखेको जानकारी दिए।

जनस्वास्थ्यविज्ञ डा. बद्रीराज पाण्डेले ग्रामीण क्षेत्रका बालबालिकामा होचोपन नियन्त्रण अझै चुनौती रहेको बताए। अध्ययनमा सहभागी राजकुमार सुवेदीले सबै प्रदेशका बालबालिकामा होचोपनसम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.