१० किलोभन्दा बढी गाजासहित युवक पक्राउ
गाईघाट : उदयपुरको चौडण्डिगढी नगरपालिका- ३ भोर्लेनीनबाट आइतबार दिउँसो प्रहरीले १०केजीभन्दा बढी गाजासहित एक युवकलाई पक्राउ गरेको छ।
को.३२.प.३८५४ नम्बरको मोटरसाइकलबाट गाँजा लिएर सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेका भोजपुरको आमचोक गाउँपालिका ७ का २२ वर्षीय तुलसी राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले बताए।
भोजपुरबाट गाँजा लिएर आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक पौडेलले बताए। राईसगै गाँजा लिएर आएका अर्का ३० वर्षीय राम श्रेष्ठ फरार रहेको पौडेलले बताए। पक्राउ परेका राई र मोटरसाइक प्रहरीले नियन्त्रणमा लिएको छ।