फेसबुकमा प्रचण्डलाई गाली गर्दा समातिए कांग्रेस कार्यकर्ता

फेसबुकमा प्रचण्डलाई गाली गर्दा समातिए कांग्रेस कार्यकर्ता

चितवन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

अध्यक्ष दाहालबारे फेसबुकमा 'नराम्रो' स्टाटस पोष्ट गर्दा प्रधान पक्राउ परेका हुन । 'प्रचण्ड' को मानमर्दन हुने गरी स्टाटस लेखेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले उजुरी गर्नेको परिचय खुलाएको छैन । चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार आरोपबारे व्यवसायी सोधपुछ भइरहेको छ । प्रचण्डबारेमा लेखिएको नराम्रो फेसबुक पोस्ट आफुहरुले पनि हेरेको जनाउँदै राठौरको यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । 

पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका मालिक तथा कांग्रेसको भातृसंगठन तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत भइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.