कालिकोट आगलागी : ५२ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर (अपडेट)

कालिकोट आगलागी : ५२  घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर (अपडेट)

कालिकोट : कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा  ५२ घर जलेर नष्ट भएको सोही गाउँकी बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिएकी छिन् ।

 
उनका अनुसार आगलागीमा परी ११ जना घाइते भएका छन् । घाइतेको अवस्था भने गम्भीर नहरेको उपाध्यक्ष दानादेवीले बताइन् । केही समयअघि मात्रै १६ जना प्रहरीको टोली घटनास्थल पुगेको र आगो निभाउने प्रयास जारी रहको उनले जानकारी दिइन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आगो नियन्त्रणा बाहिर छ । थप सहयोगका लागि नेपाली सेनाको टोली थिर्पुबाट घटनास्थल जाँदैछ । 

आगलागीमा परी थुप्रै चौपायहरु जलेर मरेको, लत्ताकपडा, अन्नपातलगायत थुप्रै धनमालहरु जलेर नष्ट भएको  गाउँपालका उपाध्यक्ष न्यौपाने बताइन्

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.