सिन्धुलीमा प्रदेश महोत्सव हुने

सिन्धुलीमा प्रदेश महोत्सव हुने

सिन्धुली : सिन्धुलीमा प्रादेशिक महोत्सव हुने भएको छ। सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा पुस १३ गतेदेखि प्रदेश ३ प्रदेशस्तरीय ‘प्रादेशिक महोत्सव २०७५’ सुरु हुन लागेको हो।

महोत्सवका लागि आवश्यक तयारी तीव्र गतिमा तयारी भइरहेको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले जानकारी दिए। ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव सुरु हुन लागेको र त्यसको तयारी तिव्रगतीमा भइरहेको छ’, उनले भने।

उनले थपे, ‘३ नं. प्रदेशका १३ वटा जिल्ला अन्तरगत ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका, ७४ वटा गाउँपालिका र ३३ निवार्चन क्षेत्र छन्। यस प्रदेश ऐतिहासिक, सामाजिक, भौगोलिक, सांस्कृतिक तथा सुन्दरताको भण्डार रहेको छ। देशकै करिब एक तिहाई कलकारखाना यस प्रदेशमा रहेकाले यस्ता क्षेत्रका कृषि, पर्यटन, उद्योग, होटल, धार्मिक सांस्कृतिक तथा ऐतिहासिकस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो।’

महोत्सवमा कृषिजन्य उत्पादित वस्तु, घरेलु तथा साना उद्योगजन्य उत्पादित वस्तुहरु, जातिय परम्परागत कला संस्कृति, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनि आदिद्वारा उत्पादित वस्तुको २५० वटा स्टल राखिनेछ।

स्थानिय परम्परागत सीप कला र संस्कृति तथा लोक सांस्कृति महोत्सवका थप आकर्षण हुनेछन्। महोत्सवमा प्रदेशले विशिष्ठता प्राप्त गरेका स्थानीय कच्चा पदार्थबाट निर्मित बास, काठ, दुग्धजन्य वस्तु तथा ढाका र अल्लोका कपडाहरुको प्रदर्शनी तथा विक्रि हुने बताइएको छ। आयोजकले महोत्सवमा प्रदेशका १३ वटै जिल्लाको स्थानिय उत्पादनलाई प्रदर्शन तथा प्रवद्र्धन गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.