आगलागीमा ८७ घर जले : आगो निभाउन गाउँमा न युवा छन्, न पानी

आगलागीमा ८७ घर जले : आगो निभाउन गाउँमा न युवा छन्, न पानी

कालिकोट : कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। आइतबार रातिदेखि लागेको आगोले खाडामा ठूलो क्षति गरेको हो।

आगो निभाउने प्रहरी र स्थानीयबासीकफ प्रयास विफल भएको छ। गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण आगो निभाउने प्रयास असफल भएको हो।

आगलागीमा ७ स्थानीयवासी घाइते भएको गाउँका बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन्। आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन्। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली पनि घटनास्थल जाँदैछ।

कसरी लाग्यो आगो?

गएराति करिब १० बजेदेखि लागेको आगो सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन्।  गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए। उनले भने, ‘म सुर्खेतमा छु। गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडा अध्यक्षहरु गाउँमै छन्। तर गाउँमा बिहान फोन नलाग्ने भएकाले घटनाको पूरा पूरा जानकारी पाउन सकिएको छैन्।’ 
   
जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख देवेन्द्रकुमार मल्लले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपछि राति साढे दुई बजेतिर पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकी प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाएको जानकारी दिए। 

चौकीदेखि घटनास्थलसम्म प्रहरी पुग्न ५ घण्टा लाग्ने र खटिएको प्रहरी टोलीसँग सम्पूर्ण हुन नसक्दा घटनाको थप विवरण पाउन नसकेको मल्लले बताए। कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपनि त्यहाँको बारेमा पूर्ण जानकारी लिन नसकिएको बताए। उनले भने, फोन लाग्दैन् । घटना स्थल पठाएको प्रहरीको टोली पुगेर खबर गरेको छैन् ।’ टेलिफोन सेवा समेत नभएकाले उद्धारका लागिसमस्या भएको प्रजिअ कार्कीले जानकारी दिए। 

यस गाउँका सबैजसो घरका छाना खरले छाइएको छ। पलाँताको खाडामा आगलागी नियन्त्रणका लागि खटिने मान्छेहरुको पनि अभाव छ। अधिकांश युवाहरु रोजगारीका लागि कालापहाड गएका छन्। गाउँ युवाबिहीन छ। गाउँमा महिला,वृद्ध–वृद्धा केटाकेटी मात्र छन्। हरेक वर्ष खडेरीको समस्या खेपिरहेको पलाँतामा आगो नियन्त्रणका लागि पर्याप्त पानीसमेत छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.