जिपको ठक्करबाट वृद्धाको ज्यान गयो

जिपको ठक्करबाट वृद्धाको ज्यान गयो

बेनी : म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको धारामा जिपको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।

ग २ च ३०८ नम्बरको निजी जिपले ठक्कर दिँदा घाइते भएकी अर्मन धाराकी ७० वर्षीया कृष्णकुमारी रोका क्षेत्रीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले जानकारी दिए ।

बाबियाचौरदेखि अर्मन जाँदै गरेको जिपले आइतबार साँझ ठक्कर दिएपछि प्रहरीलाई समेत खबर नगरी पोखरा पु¥याएको र बिहान ४ बजे उपचारका क्रममा वृद्धाको निधन भएपछि मात्र खबर पाएको प्रहरी नायब उपरीक्षक बुढाले बताए ।

सवारी धनी ताराखोला गाउँपालिका–३ का टोमलाल विश्वकर्मा, चालक र जिपलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.