घुससहित वडा-सचिव पक्राउ
बुटवल : बुटवल उपमहानगरका वडासचिव घुससहित अख्तियारको नियन्त्रणमा परेका छन्। वडा नम्बर १३ का सचिव भरत काउचालाई अख्तियार बुटवलले पक्राउ गरेका हो।
सेवग्राहीबाट ५ हजार घुस लिँदै गर्दा उनी रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ।बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार जनाएको छ।