जुम्लाको तिला गाउँपालिकामा विस्फोटक पदार्थ बरामत
जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले सोमबार जिल्लाको तिला गाउँपालिका वडा नं.२ बाट ठूलो संख्यामा विस्फोटक पदार्थ बरामद गरेको छ। अनुसन्धानमा खटिएका प्रहरीले दिएको जानकारी अनुसार इन्सपेक्टर प्रकाश केसीको नेतृत्वमा गएको प्रहरी टोलीले विस्फोटक पदार्थ बरामद गरेको हो।
मंगलबार जिल्लामा पत्रकार सम्मेलन गर्दै प्रहरीले विस्फोटक पदार्थमध्ये ७३ वटा नन्इलेक्ट्रोनिक्स डेटोनेटर, २९ वटा इलेक्ट्रोनिक्स डेटोनेर, एक थान एलएमजीको म्यागेजिन र २८ फिट सेप्टिफ्युज बरामद गरेको जानकारी दिएको हो।
बरामद भएको सबै विस्फोटक पदार्थ तिला गाउँपालिका २ स्थित ठाँटी भीरमा बेवारिसे अवस्थामा फेला परेको हो।उक्त विस्फोटक पदार्थ कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी सिताराम रिजालले बताए।