कालिकोट आगलागी पीडितलाई राहत संकलन जारी

कालिकोट आगलागी पीडितलाई राहत संकलन जारी

कालिकोट : पलाँता गाउँपालिकामा भएको आगलागी पीडितका लागि राहत संकलन जारी छ। कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट राहत संकलन भएको छ। 

आगलागी पीडितका लागि कालिकोट उद्योग बाणिज्य संघले जिल्ला सदरमुकाम मान्म बजारमा राहत संकलन अभियान नै संचालन गरेको छ।खाद्यान्न, लुगाकपडा तथा ओढ्ने ओछ्याउने कपडा संकलन गरी पीडित परिवारलाई वितरण गरेको संघ जनाएको छ।

त्यस्तै सुर्खेतबाट पनि राहत संकलन भएको छ।सुर्खेतबाट संकलन गरिएका डसना र सिरक कालिकोट पठाइएको हाम्रा समाचारदाता विष्णुप्रसाद न्यौपानेले जनाएका छन्।

राहत संकलनमा युवाहरुको पनि सहभागी रहेको छ।च्याम्मर अफ कमर्स कर्णालीका युवाहरुले पनि राहत संकलनमा ठूलो सहयोग गरेका छन्। उनीहरुले संकलन भएको राहत बोकेर पीडितलाई उपलब्ध गराएका छन्।

कालिकोट सदरमुकामबाट राहत सामांग्री लिएर नेपाली सेनाको हेलिकोप्टर आगलागी क्षेत्रमा गएको छ। पलाँता गाउँपालिका आइतबार रातिदेखि आगलागी भएको हो।प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.