प्रदेशसभा ३ का सबै पदाधिकारीलाई गाडी

प्रदेशसभा ३ का सबै पदाधिकारीलाई गाडी

हेटौंडा : प्रदेश नम्बर तीनको प्रदेशसभाका सबै पदाधिकारीले सवारी सुविधा पाउने भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पदाधिकारीलाई सवारी साधन उपलब्ध गराइने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले बताए। 

 
उक्त सुविधा प्रदेशसभाका सभामुख, उपसभामुख सँगै विभिन्न समितिका सभापतिहरु, प्रमुख प्रतिपक्ष दलका नेता तथा सत्तापक्ष दलका प्रमुख सचेतकले पाउनेछन्।प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अनुसार उनीहरुले हालसम्म आफ्नो पारिश्रमिक बराबरको थप रकम प्राप्त गर्दै आएका थिए।

‘अब नगद होईन वस्तु नै सुविधा दिने निर्णय भएको छ, यो संसोधन सहित प्रदेशसभाबाट पारित भएपछि लागु हुन्छ’, प्रवक्ता ढुङ्गेलले भने। त्यसको लागि प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसुची १ र २ को संसोधन गरिने भएको छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.