दाङ दुर्घटना अपडेट : ६ घाइते डिस्चार्ज, ५ जना आईसियूमा

दाङ दुर्घटना अपडेट : ६ घाइते डिस्चार्ज, ५ जना आईसियूमा

दाङ : शुक्रबार दाङको तुलसीपुरस्थित राम्रीमा भएको बस दुर्घटनामा परी घाइते भएका सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका १४ विद्यार्थीमध्ये ६ जना डिस्चार्ज भएका छन् । घाइते ५ जनालाई आइसियूमा राखिएको छ ।

अन्य दुईजना वीर अस्पतालको ट्रमा सेन्टरकै इमर्जेन्सीमा राखिएको छ । घाइते जुम्लाकी हिमाली हमालको कोहलपुरबाटै डिस्चार्ज गरिएको थियो भने काठमाडौंमा थप पाँचजना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा अछाम मंगलसेनका विक्रम भण्डारी, जुम्ला चन्दननाथका कुसेन्द्र खत्री, रुकुम त्रिवेणीका प्रेमबहादुर खड्का, टीकापुर कैलालीकी समीक्षा रोकाय र चन्दननाथ जुम्लाकी वर्षा रोकाया छन् ।

उनीहरुमध्ये विक्रम भण्डारी आफन्तसँग बसेको र बाँकी चारजनालाई सिटिइभिटीको प्रशिक्षण केन्द्रको गेष्ट हाउसमा राखिएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए ।

बाँकी घाइतेमध्ये जुम्ला चन्दननाथका जीवन भण्डारी, रुकुम सानीभेरीकी रेजिना पुन, रोल्पा परिवर्तन गाउँपालिकाका प्रकाश ओली र दाङ बंगलाचुली गाउँपालिका स्यूजाकी मेनुका रिजाललाई ट्रमा सेन्टरको आइसियूमा राखिएको छ ।

अछाम मंगलसेनका युवराज ढुंगानालाई शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा राखिएको छ । यस्तै रुकुम सानीभेरीका राजन डाँगी र अछाम मंगलसेनका भद्र विष्टलाई ट्रमा सेन्टरको इमरजेन्सीमा राखेर उपचार भइरहेको गौतमले जानकारी दिए । अर्का घाइते दाङको सञ्जय खनालको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

दाङको शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक विद्यार्थी चढेको गाडी राम्रीमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.