सुस्तावासीले गैंडा समातेर निकुञ्जलाई बुझाए
नवलपरासी : भारतीय सीमा नजिकैका सुस्ताबासीले गैंडा समातेर चितवन राष्ट्रिय निकुञ्जलाई बुझाएका छन् । नेपाल भारतको विवादित क्षेत्रमा पसेको गैंडा सुस्तावासीले केही दिनअघि समातेर निकुञ्जलाई बुझाएका हुन् ।
सुस्तामा नियमितरुपमा गैंडा आइरहने गरेको स्थानीय रवीन्द्र जैसवालले जानकारी दिए । सोमबार पनि सुस्तामा अर्को गैंडा देखिएको उनले बताएका छन् ।