आगलागीमा जलेर एकजनाको मृत्यु
दमक : मोरङको उर्लाबारीमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।
उर्लाबारी–७ स्कुल डाँडास्थित रामबहादुर थापाको घरमा सोमबार साँझ आगलागी हुँदा जलेर रेणुका थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए ।
साँझ साढे ६ बजे लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ । आगलागी के कारणले भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिम्सिनाले बताए ।स्थानीयले भने सिलिण्डर पड्किएको आवाज सुनेको बताएका छन् । थप बिवरण आउन बाँकी नै छ ।