उपराष्ट्रपतिद्वारा क्रिसमस डेमा शुभकामना

उपराष्ट्रपतिद्वारा क्रिसमस डेमा शुभकामना

काठमाडौं  : उपराष्ट्रपति नन्दबहादुर पुनले इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमस डेको अवसरमा शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपालीमा सुख, शान्ति, समृद्धि सु- स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन्।

'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि हुन् भन्दै शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, 'हाम्रो संविधानले सबै प्रकारका धर्म संस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण, सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ तर, कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न गराउन भने पाइँदैन।' 

विज्ञप्तिमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको चर्चा गर्दै पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको जनाइएको छ।

'क्रिसमस डेले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा एवं उमङ्ग प्रदान गरोस् भनी कामना गर्दछु,' विज्ञप्तिमा उपराष्ट्रपति पुनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.