भूकम्पले क्षति पुगेका ३ लाख ३९ हजार ३ सय ४७ घर बने
काठमाडौं : राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पमा क्षति भएका ३ लाख ३९ हजार ३ सय ४७ घर निर्माण सम्पन्न भएको जानकारी गराएको छ। प्राधिकरणले मंगलबार गरेको पत्रकार सम्मेलनमा घर पुननिर्माणका लागि अनुदान सम्झौता गरेका ७ लाख ४० हजार ९ सय एक घरमध्ये निजी आवास निर्माण भएको जानकारी दिइएको हो।अन्य घर भने निर्माण चरणमा रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
प्राधिकरणले भूकम्पमा क्षति भएका व्यक्तिगत घर संख्या ८ लाख २३ हजार ३ सय ८५ वटा पहिचान गरेको छ। प्राधिकरणले अबको दुई वर्षमा सबै पुनर्निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ।