गाँजा खेति नष्ट
राजविराज : सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाबाट मंगलबार प्रहरीले गाँजाको बोट फडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका ६ मोहनपुरस्थित नौ वटा घरको बारीमा अबैधरुपमा रोपिएको गाँजाको एक सय ४० बोट फडानी गरेको जनाएको छ।
प्रहरीका अनुसार फडानी गरिएको गाँजा आगो लगाई नष्ट गरिएको छ।