अर्गानिक नवीकरण गर्न दाताको खोजी

अर्गानिक नवीकरण गर्न दाताको खोजी

इलाम : दाताको लगानीमा अर्गानिक प्रमाणित गरेका इलामका चिया बगान नवीकरण गर्न दाताको सहयोग चाहिने भएको छ। तेस्रो मुलुकले अर्गानिक चियाको माग गरेपछि अर्थोडक्स चियाको अर्गानिक प्रमाणीकरणमा डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति समावेशी कार्यक्रमले इलामका १९ वटा चिया कारखाना र चिया बगानलाई अर्गानिक बनाउन प्रतिकारखाना तीन लाखदेखि पाँचलाखसम्म अनुदान सहयोग गरेको थियो।

९० प्रतिशतसम्म अनुदान पाएर अर्गानिक प्रमाणीकरण गरेका कारखानाले एक वर्ष नबित्दै नवीकरण गर्न सरकार वा दाताले सहयोग गर्नुपर्ने बताउन थालेका छन्। नासा, आईएमओलगायत अर्गानिक प्रमाणीकरण गर्ने अन्तर्राष्ट्रिय संस्थाले पठाएका विज्ञले किसानको फिल्डमै आएर अनुगमनपछि अर्गानिक प्रमाणीकरण गर्ने गरेका छन्। उद्योग सञ्चालकका अनुसार नवीकरण गर्न पनि वार्षिक दुई लाखहाराहारीमा खर्च आउँछ।

यस वर्ष ३६ जना कृषकको बगान अर्गानिक प्रमाणीकरण गरेको सूर्योदय नगरपालिकाको पञ्चकन्यामा रहेको ओएसिस टी इन्डस्ट्रीका सञ्चालक ज्योति अधिकारी अहिले अर्गानिक प्रमाणीकरण गरेको चिया अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन पाँच वर्ष लाग्ने भएकाले सरकारले नवीकरणमा सहयोग गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘अर्गानिक प्रमाणीकरणपछि अन्तर्राष्ट्रिय बजारले पत्याउन पाँच वर्ष लाग्छ, त्यो अवधिसम्म सरकारले सहयोग नगरे नवीकरण गर्न सक्ने अवस्था छैन।’

इलाम नगरपालिका गोदककाको जौं बारी टी स्टेट प्रालिका सञ्चालक विवेक कोइरालाले पनि अर्गानिक प्रमाणीकरण गरी नवीकरण गर्न लाग्ने दुई लाख रुपैयाँ कसरी जुटाउने भन्ने चिन्ताले पिरोलेको बताए। यसै वर्ष स्थापना गरेको कारखाना सञ्चालन गर्न समस्या भइरहेको बताउँदै उनले भने, ‘अर्गानिक प्रमाणीकरणमा सरकारले साथ नदिए अहिलेको लगानी डुब्न सक्छ।’

इलामको साखेजुङको कञ्चनजंघा अर्गानिक चिया कारखानाकी सञ्चालक मिलन खत्री बैंकमा घरजग्गा धितो राखेर स्थापना गरेको कारखानाबाट उत्पादित चिया अर्गानिक प्रमाणीकरणसँगै तेस्रो मुलुकबाट प्रशस्त माग आउन थालेको अनुभव सुनाउँछिन्। अनुदान पाएर अर्गानिक प्रमाणीकरण गरेको चिया प्रमाणीकरणमा सरकारले सहयोग गर्नुपर्ने उनको माग छ। उनले तेस्रो मुलुकमा चिया पठाउने बाटो फेरि बन्द भए समस्या हुने बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.