भूकम्प पूर्वसूचना प्रणाली बनाउँदै नाष्ट

भूकम्प पूर्वसूचना प्रणाली बनाउँदै नाष्ट

गोदावरी : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ। हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ।

देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए।'सेन्सर जडान भएका हरेक स्थानका मानिसमा भूकम्पको सूचना प्रवाह गरिन्छ,' ढकालले भने, 'नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० वटा स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको छ ।' 

भूकम्प आउनु पूर्व सेन्सरमा तरङ्ग आउँछ। पहिलो तरङ्ग आएको २० सेकेन्डमा दोस्रो तरङ्ग आउने क्रममा मानिसलाई यसको जोखिमबाट बचाउन सकिन्छ। काठमाडौंलाई केन्द्रबिन्दु बनाएर भूकम्प आउँदा भूकम्प पूर्वसूचना प्रणालीले जानकारी दिएता पनि मानिसलाई तत्काल नजिकै पर्ने जोखिमका बारेमा बताउन नभ्याइने ढकालले जानकारी दिए।

यस सूचना प्रणालीको सुविधा स्मार्ट फोन र मोबाइल एप्समा प्रत्यक्ष दिन नाष्टले नेपाल टेलिकम र एनसेलका प्रमुखसँग छलफल अघि बढाएको थियो। ढकालले भने, 'नेपाल टेलिकम र एनसेलका प्रमुखले नाष्टको योजनालाई समर्थन गरेता पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छैन।' 

चाइनिज लाइफ इन्सुरेन्स कम्पनीले यस सूचना प्रणालीको विकास गरेको हो। यस प्रणालीले चिनियाँ भाषामा सूचना दिने गर्छ । नाष्टले नेपालमा भित्र्याउन लागेको यस सूचना प्रणालीलाई अङ्ग्रेजी भाषामा रूपान्तरण गर्न चिनियाँ कम्पनीसँग आग्रह गरेको ढकालले बताए।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.