बहुविवाह मुद्धाका फरार अभियुक्त पक्राउ
गुलरिया : बर्दिया जिल्ला अदालतको आदेशले सजाय तोकिएका बहुविवाह मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएका मधुवन नगरपालिका- ७ निवासी ४० वर्षीय मानबहादुर तामाङलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।
माया तामाङको जाहेरीका आधारमा तामाङमाथि बहुविवाहको मुद्धा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए। बर्दिया जिल्ला अदालतको फैसलाले ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको उपरीक्षक मैनालीले बताए।
घरमै लुकीछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ परेका तामाङलाई आवस्यक कारवाहीका लागि बर्दिया जिल्ला अदालत पठाइएको एसपी मैनालीले जानकारी दिए।