हुनेभयो धरहराको पुनर्निर्माण, प्रधानमन्त्रीले गरे शिलान्यास

हुनेभयो धरहराको पुनर्निर्माण, प्रधानमन्त्रीले गरे शिलान्यास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्।सुनधरामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर बादल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवाली , काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतको उपस्थित थियो।

भूकम्पलगत्तै प्रधानमन्त्री केपी ओलीले  'मेरो धरहरा मै बनाउँछु' अभियान थालेका थिए। नयाँ बन्ने धरहरा हेर्दा नौतले देखिने भएपनि प्राविधिक हिसाबमा २१ तलाको हुनेछ।अन्डरग्राउन्डबाट धरहराको टुप्पोसम्म पुग्न लिफ्टमा चढ्नुपर्नेछ भने ओर्लन अर्को लिफ्ट हुनेछ।सरकारले पुरानै शैलीमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो।धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पबाट भत्केको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.