बहुविवाह गर्ने जोडी पक्राउ
अछाम : ढकारी गाउँपालिका–१ किम्तोलास्थित बहुविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
किम्तोलाका प्रेमप्रसाद रिमाल र मंगलसेन नगरपालिका–६ की उर्मिला भण्डारीलाई जिल्ला प्रहरीले पक्राउ गरेको हो । जमुना भण्डारीले आफ्नै पति प्रेमप्रकासले दोस्रो विवाह गरेपछि पुस १० गते उजुरी दिएकी थिइन् ।
जमुनाले उजुरी दिएकै दिन अवैध जोडीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दुवैजनालाई अछाम जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा राखिसकेको प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए ।