युट्युब २०१८

युट्युब २०१८

सामाजिक सञ्जाल त्यसमा पनि अडियो भिडियोका लागि परिचित युट्युब सञ्चालन भएको १३ वर्ष पूरा गरी १४ वर्ष लाग्दैछ। सन् २००४ मा च्याड हर्ले, स्टिभ चेन र जावेद करिमलाई एउटा डिनर पार्टीमा गएको बेला अहिलेको युट्युबबारे सोच पलाएको थियो। त्यसको एक वर्षपछि अर्थात् सन् २००५ फेब्रुअरी १४ भ्यालेनटाइन डे को दिन यसको लोगो, ट्रेडमार्क, डोमेन दर्ता भएको थियो।

पहिलो पटक ‘मि एट दि जू’ भन्ने १९ सेकेन्डको भिडियो अपलोड भएको युट्युबमा आज प्रतिमिनेट चार सय घण्टाको भिडियो अपलोड हुने गरेको छ। विश्वमा भिडियोमार्फत हुने सूचनाको प्रवाहले मान्छेमा छिटो र बढी प्रभाव पार्ने भएकाले पनि युट्युब अहिलेको सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालको रूपमा स्थापित भएको छ। यसको मासिक एक्टिभ प्रयोगकर्ताको संख्या अहिले एक अर्ब ५० करोडको भन्दा बढी पुगिसकेको छ।

अहिले प्रत्येक दिन पाँच अर्ब भिडियो युट्युबमा हेरिने गरेको तथ्यांकले देखाएको छ। जुन रूपले यसको विकास र प्रयोग भएको छ, यसैको प्रतिफल आज यो लाखौंको आम्दानीको गर्ने स्रोत पनि बन्दै गएको छ। अहिले विश्वमा युट्युबबाटै करोडौं कमाउने मानिस पनि छन्। सूचना प्रवाहको प्रमूख माध्यम र आम्दानीको स्रोतको रूपमा विकास भएको यही युट्युबमा २०१८ सालमा भएका केही तथ्यांकः

युट्युबको २०१८ तथ्यांक

नियमित मासिक प्रयोगकर्ता : एक अर्ब ५० करोड

भिडियो अपलोड : चार सय घण्टा/प्रतिमिनेट

एक मिलियनभन्दा बढी सस्क्राइबर भएको च्यानल संख्या : ५,०००

युट्युब च्यानल संख्या : ५० लाखभन्दा बढी

एभरेजमा युट्युब हेर्ने समय : एक घण्टा

सबैभन्दा बढी सर्च हुने सर्च इन्जिनमा : दोस्रो नम्बरमा

कुल प्रयोगकर्ताको ५५ प्रतिशत पुरुष

युट्युब रेकर्ड होल्डर

सबैभन्दा बढी हेरिएको भिडियो : लुइस फोनिस–डेसप्यासिटो

सबैभन्दा छिटो एक अर्ब भ्युज पुगको भिडियो : एडेले–हेलो

सबैभन्दा बढी सस्क्राइब भएको च्यानलः प्यसडाइपाई– ६१ मिलियन

सबैभन्दा डिसलाइक गरिएको भिडियो : जस्टिन बिबर–बेबी

सबैभन्दा बढी पैसा कमाउने ५ युट्युब च्यानल (डलरमा)

ड्यान टीडीएम : एक करोड ६५ लाख

भ्यानोस गेमिङ : एक करोड ५५ लाख

ड्युड पर्फेक्ट : एक करोड ४० लाख

लोगन पाउल : १२ करोड ५० लाख

मार्किप्लायर : १२ करोड ५० लाख


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.