मेयरले मनपरी गरेको कांग्रेसको आरोप

मेयरले मनपरी गरेको कांग्रेसको आरोप

सिरहा : लहान नगरपालिकाका मेयर मुनी साहले सडक विस्तार गर्ने कार्यमा मनपरी गरेको कांग्रेस लहान नगर र क्षेत्रीय समितिले आरोप लगाएको छ। आइतबार नगरपालिका कार्यालयमा मेयर साहलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले यस्तो आरोप लगाएको हो।

वडा नम्बर ५ मा सडक विस्तार क्रममा मेयर साहले आफ्नो घर बचाएको र अरुको घर भत्काएको कांग्रेस नगर सभापति सुनिल कुमार महतोको आरोप छ। 

उनका अनुसार वडाले गरेको निर्णयमा बाख्रा बजारदेखि जिन्दी–बिन्दीको घरसम्म ४० फिट सडक विस्तार गर्ने उल्लेख छ। सडक विस्तार भइरहेको दुरी पाँच सय मिटर पनि छैन्। तर, नगरपालिकाले त्यतिकै सडकमा तीन थरिका निर्णय गरेको उनले सुनाए। 

सुरुमा केही मिटरसम्म ५६ फिट त्यसपछि ४० फिट र मेयर साहले आफ्नो घरदेखि दक्षिण ३० फिट सडक विस्तार गर्ने निर्णय गरेको उनको भनाइ छ। ‘सर्वसधारणको घरको पर्खाल भत्काए। तर, मेयर आफनो घरको पर्खाल भत्काएनन्’, उनले भने, ‘सडक एउटै मापदण्डमा निर्माण गर्नुपर्ने हो। तर त्यो हुन सकने।’

मेयरले नगरभर धेरै मनपरी गरिरहेको कांग्रेस क्षेत्रीय सभापति अच्छमितलाल चौधरीले आरोप लगाए। कसैलाई काखा र कसैलाई पाखा लगाउने कार्य मेयरबाट भइरहेको उनको भनाइ छ। ‘विकासका बाधक हामी पनि होइन, हातोमालो गर्न चाहन्छौँ,’ उनले भने, ‘मेयर साहको रबैया देखेर दुःख लाग्छ।’

गुनासो आएका विषयमा कांग्रेसका स्थानीय नेतासँग बसेर छलफल गर्ने समय निर्धारण भएको मेयर साहले बताए। ‘आफूले स्थानीयकै अनुसार सडक विस्तार गरिरहेका छौँ,’ ज्ञापनपत्र बुझँदै मेयर साहले भने,‘सम्बन्धित वडामा स्थानीयको सहमतिमै सडक विस्तारको काम भइरहेको छ।’ 

ज्ञापनपत्रमा उल्लेख भएको विषयमा माघ ६ गते नगरपालिका र कांग्रेस नेतासँग छलफल गरिने सहमति भएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.