सरकारलाई असफल हुने छुट छैन : श्रेष्ठ

सरकारलाई असफल हुने छुट छैन : श्रेष्ठ

सिरहा : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। बुधबार सिरहाको कर्जन्हामा किसान नेता जय गोविन्द साहको २९ औं स्मृति सभामा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्। 

‘यो सरकार असफल भयो भने नेपाल कम्युनिस्ट पार्टी मात्रै असफल हुँदैन्, नेपालको परिवर्तनको प्रक्रिया असफल हुन्छ’, नेता श्रेष्ठले भने, ‘नेपाली राष्ट्रियतामाथि थप कुठारघात नहुन नदिन यो सरकारलाई असफल हुने छुट छैन।’ 

कम्युनिस्ट सरकारले नै देश समृद्ध बनाउने उनको दाबी छ। ‘संविधान कार्यान्वयनको प्रक्रियामा हुँदा आवश्यक परेका विषयमा संसोधन गर्न सकिन्छ’, उनले भने, ‘हाम्रो राष्ट्रिय अखण्डतालाई टुक्रयाउन खोज्ने, देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सैह्य हुदैँन।’ 

विखण्डनकारीविरुद्ध एकढिक्का हुनुपर्नेमा उनले जोड दिए। त्यसको नेतृत्व नेकपाले गर्ने उनको भनाइ छ।

‘सरकार सही दिशामा अगाडि बढिरहेको छ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा र खराव काम गरे त्यसलाई सुधार गर्न सचेत गराउनैपर्छ,’ उनले भने, ‘नेताबीच मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुन सक्ला तर, सरकार परिवर्तको कुनै सम्भावना छैन्।’ 

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने दाबी गरे। 

सोही कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकेको बताए। 

३३९ वटा कानुनमध्ये अहिलेसमा २६ वटा कानुन बनाउने काम पूरा भएको उनको भनाइ छ। 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.