मेयरका दाईको घरमा हतियार देखाएर लुटपाट

मेयरका दाईको घरमा हतियार देखाएर लुटपाट

सिरहा : कल्याणपुर नगरपालिका-३ स्थित इटारीप्रसाही गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ। बिहीबार विहान १ बजेतिर गाउँमा समुहले लुटपाट गरेका हो।

कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका दाई रामदेव मण्डलको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले जानकारी दिए। प्रहरीका अनुसार लुटेराले रामदेवको कन्चटमा पेस्ताल तेर्साएर लुटपाट गरेका थिए।

 १०-११ जनाको समुहमा आएका लुटेराहरुले मण्डलको घरबाट १८ तोला सुन, ४० हजार नगद, तमसुक कपाली र केही तोला चाँदी लुटपाट गरेको डिएसपी खरेलले बताए। उनका अनुसार लुटपाट भएको एक घण्टापछि प्रहरीलाई खबर भएको थियो। खबर पाएपछि प्रहरीले लुटरा समुहलाई खोजबीन गरेका थिए।

कल्याणपुर नगरपालिका १२ स्थित बेल्हाबाट लुटेरा समुहलाई लखेट्दा उनीहरुले एक-एक राउण्ड गोली लोड गरिएको २ थान कटवा पेस्तोल, ताना, चप्पल छाडेर भागेका डिएसपी खरेलले बताए। लुटेरा समुह कमला खोला हुँदै धनुषातिर भागेको थियो। लुटेरा समुहको खोजी भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.