प्रथम इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिप : पर्सा पहिलो

प्रथम इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिप : पर्सा पहिलो

वीरगन्ज : वीरगन्जमा आयोजित प्रथम इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा पर्सा पहिलो भएको छ। चार स्वर्ण, दुई रजत र एक कांस्य जित्दै आयोजक पर्सा पहिलो भएको हो।

तीन स्वर्ण, दुई रजत र दुई कांस्य जितेको भारत बिहारको टिम दोस्रो भयो। प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ तेस्रो भयो। एपीएफले दुई स्वर्ण, दुई रजत र तीन कांस्य जित्यो। 

पहिलो भएको पर्साले २५ हजार, बिहारले १५ हजार र तेस्रो भएको एपीएफले १० हजार रुपैयाँ पुरस्कार पाए। 

प्रतियोगितामा पुरुषतर्फ भारतका विपुल कुमार र महिलामा आयोजक टिमकी नाजिया हुसेन सिद्धिकी उत्कृष्ट खेलाडी चुनिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.