प्रत्येक वडामा स्वास्थ्य चौकी : स्वास्थ्यमन्त्री यादव
सिरहा : स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याउन सरकारले चाडैँ नै प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापन गर्ने उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएका छन्।
शुक्रबार सिरहाको मिर्चैयामा प्राथमिक स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री यादवले सरकारले देशको प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र र वडामा स्वास्थ्य चौकी निर्माण गर्ने नीति लिएकोे स्पष्ट पारेका हुन्।
शहरी विकास मन्त्री ईस्तियाक राइले प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रष्ठिान निर्माण प्रक्रिया अगाडि बताए। उनले उक्त स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि प्रदेशले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए। सघन शहरी विकास योजना अन्तर्गत सिरहाको लहान नगरपालिकालाई विकास गर्नका लागि १ अर्बको योजना स्वीकृत गरिएको मन्त्री राईले जानकारी दिए।
‘सुरुमा तराईको २१ जिल्ला सदरमुकाममा सघन शहरी विकास कार्यक्रम थियो,’ मन्त्री राइले भने,‘वर्तमान सरकारले ९ स्थानमा थप गरेको छ, प्रदेश २ मा मात्रै ५ वटा छन्।’