वीरगन्ज भन्सार तीन महिनादेखि असफल

वीरगन्ज भन्सार तीन महिनादेखि असफल

वीरगन्ज  : वीरगन्ज भन्सार कार्यालय सरकारले दिएको लक्ष्य अनुसारको राजश्व उठाउन तीन महिनादेखि लगातार असफल भएको छ। भन्सार कार्यालय चालु आर्थिक वर्षको कात्तिक, मंसिर र पुस तीनै महिनामा राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको छ।

भन्सार कार्यालयले लक्ष्यभन्दा सात अर्ब ३५ करोड १३ लाख ५७ हजार कम राजश्व संकलन गरेको छ।  पछिल्लो तीन महिनाको लागि भन्सार विभागले ४१ अर्ब १८ करोड ५४ लाख चार हजारको लक्ष्य दिएको थियो। तर कार्यालयले यो तीन महिनाको अवधिमा ३३ अर्ब ८३ करोड ४० लाख ४७ हजार रुपैँया राजश्व मात्र संकलन गरेको छ। भन्सार विभागले प्रत्येक महिनाको लागि १३ अर्ब ७२ करोड ८४ लाख ६८ हजारको दरले राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो।

कार्यालयले पुसमा लक्ष्यभन्दा दुई अर्ब ५३ करोड २८ लाख ७२ हजार कम , मंसिरमा लक्ष्यभन्दा दुई अर्ब १५ करोड नौ लाख ३० हजार कम र कात्तिकमा लक्ष्यभन्दा दुई अर्ब ६६ करोड ७५ लाख ५५ हजार कम राजश्व संकलन गरेको हो। 

भन्सार कार्यालयले पुसमा ११ अर्ब १९ करोड ५५ लाख ९६ हजार, मंसिरमा ११ अर्ब ५७ करोड ७५ लाख ३८ हजार र कात्तिकमा ११ अर्ब ६ करोड नौ लाख १३ हजार मात्र राजश्व उठाएको थियो। 

चालु आर्थिक वर्षको पछिल्लो तीन महिना लगातार लक्ष्यअनुसारको राजश्व उठाउन असफल भएका कारण त्यसको असर ६ महिनाको राजश्व असुलीमा परेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन देखि असोजसम्म ) भने भन्सार कार्यालयले लक्ष्यभन्दा बढि नै राजश्व संकलन गरेको थियो। 

पछिल्लो तीन वटै महिनामा भन्सार विभागले राजश्व असुलीको लक्ष्य बढि तोकेर पठाएका कारण लक्ष्य पूरा गर्न नसकिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महत्तोले बताए। ‘विभागले पहिलेकोभन्दा ३० प्रतिशत बढाएर लक्ष्य दिएको छ, उनले भने, ‘तर यो तीन महिनामा भारत तथा तेश्रो मुलुकबाट आयात हुने सामानको पैठारी भने घटेकाले लक्ष्य भेटाउन नसकिएको हो।’ 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.