फिक्कल महोत्सवको रोमाञ्च (फोटो फिचर)
सिन्धुली : सिन्धुलीको फिक्कलमा पर्यटक प्रवर्द्धन गर्न साता दिने महोत्सव जारी छ। माघ २ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादन, सुनकोशीमा जलयात्रा, र्याफ्टीङ, लाठी खेल प्रतियोगिता, स्थानीय जातजातिका सांस्कृतिक प्रर्दशनी लगायत प्रर्दशन गरिएको छ।
महोत्सवमा खोटाङ, ओखलढुङगा, सिन्धुली, काभ्रे, रामेछाप, उदयपुर, महोत्तरी, सर्लाही, मकावनपुर लगायतका जिल्लाबासी सहभागी छन्। अथाह सम्भावना भए पनि आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बताए।
नेपाल पर्यटन बोर्ड, ३ नम्बर प्रदेश सरकार र सिन्धुलीका प्रतिनिधिसभा सदस्य गणेश पहाडीको सक्रियतामाा महोत्सव आयोजना गरिएको हो। काठमाडौंबाट नजिकको दुरीमा भए पनि फिक्कल गाउँपालिकामा केन्द्रीय विद्युत लाइन पुग्न सकेको छैन भने नेपाल टेलिकमको सूविधा समेत छैन।
सिन्धुलीगडी, जुनार खेती जस्ता एतिहासिक वस्तुले चर्चित छ। पर्वतारोहण पछिको जलयात्राका लागि उपयुक्त गन्तव्य भएको सुनकोशी नली पनि फिक्कल गाउँपालिका अन्र्तगत रहेकाले जलपर्यटकका लागि मुख्य गन्तव्य मानिन्छ।
सिन्धुलीको साविक महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाविसलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो यो गाउँपालिका विकट भएकाले स्थानीयस्तरबाटै समृद्धि ल्याउन महोत्सवले सहयोग पुर्याउने लक्ष्य राखेको अध्यक्ष कार्कीले बताए।
पर्यटकीयस्थल फिक्कल चुचुरो (२३६८ मिटर) सम्मको पदयात्रा, मनोरम दृष्यावलोकन, जैविक विविधता अवलोकन, स्थानीय जडिबुटी यहाँको मुख्य आकर्षण हो। निर्माणाधिन मध्य पहाडी लोक मार्गसँग जोडिएको गाउँपालिका पछिल्लो समय विकास हुँदै गएको छ।
हेर्नुस्, फोटोहरू :