भन्सार छलेर नेपाल ल्याउँदै गरेका सामान बरामद
सिरहा : सिरहा प्रहरीको गस्ती टोलीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेका साढे तीन लाख मूल्य बराबरको सामान बरामद गरेको छ। प्रहरील टोलिले छुटाछुटै दुई स्थानबाट भन्सार छली ल्याउँदै गरेको समान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलीले ३ लाख बराबरको जाडोका कपडा भन्सार छली ल्याइरहेको अवस्थामा बरामद गरेका हुन्।
यस्तै, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली सिरहा नगरपालिका ८ बाट सवारी साधन र खाद्यन्नको ५८ हजार बराबरको समान बरामद गरेका छन्। बरामद गरिएको समान भन्सार कार्यालयमा बुझाएको सिरहा प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी गराए।