‘आइस क्लाइम्बिङ फेस्टिवल’मा जे देखियो (फोटो र भिडियो)
काठमाडौं : मनाङको हुम्देमा माघ १८ देखि २९ गतेसम्म नेपालमै पहिलो पटक आइस क्लाइम्विङ फेस्टिवल भएको छ । फेस्टिवलमा विभिन्न देशका ५० बढीले सहभागिता जनाएका छन्। सहासिक पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्यले नेपाल क्लाइम्विङ टिम नामक संस्थाले आयोजना गरेको आइस क्लाइम्विङ २२ आरोहीले ११ दिनसम्म पूर्णरुपमा क्लाइम्विङ गरेको संस्थाका प्रमुख विनायक जय मल्लले जानकारी दिए।
अन्नपूर्ण हिमश्रङ्खला अन्र्तगत रहेकोे तीन हजार दुई सय मिटरको हुम्दे आइस क्लाइम्विङको मुख्य हव रहेको र १० वर्षपछि भारी हिमपात हुदाँ आइस क्लाइम्विङ फेस्टिवल भएको उनको भनाइ छ।
फेस्टिबलमा सहभागी हुँदा जीवनकै नयाँ अनुभव लिन पाएको अमेरिकी आरोही इमिली योङले सुनाइन्। योङ र नेपालबाट सहभागी आरोही लक्मी तामाङ गरी दुई जना महिलाले अन्तिमसम्मै क्लाइम्विङमा सहभागिता जनाए।
संसारमै हिमालको हवको देशले चिनिने नेपालमा पर्यटन क्षेत्रको मुख्य आकर्षक गन्तव्यनै हिमाल र साहसिक पर्यटन भएकाले यो पहिलो आइस क्लाइम्विङ फेस्टिवल प्रभावकारी भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाको भनाइ छ। उनले आगामी वर्षदेखि सबैले पर्वकै रुपमा निरन्तरता दिने उल्लेख गरे।
आइस क्लाइम्विङ, आइस हक्की, स्की र पर्वतारोहण प्राकृतिक रुपमा नेपालमा मात्र सम्भावना रहेको लामाको भनाइ छ। फेस्टिबलमा आइस क्लाइम्विङ कोर्ष, फोटोग्राफी, एडभेन्चर फिल्म प्रर्दशनी, स्थानीय जातजातिका संस्कृति प्रर्दशनी गरिने गरिएको प्रमुख मल्लले बताए। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नयाँ कार्यक्रमको रुपमा यो फेस्टिवल आयोजना भएकाले नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत अन्य गैरसरकारी संस्थाले साथ दिएका थिए।
आइस क्लाइम्विङ स्पोटको मुख्य गन्तव्यनै हुम्दे विकास भएको छ। विश्वमै परिचित गराउने , एडभेन्चर (सहासिक) खेललाई विकास गर्ने, आइस क्लाइम्विङको प्रशिक्षण दिने, सहासिक खेल प्रति आकर्षण बढाउने, आइस क्लाइम्विङका प्रतिस्पर्धी उत्पादन गरी देश तथा विदेशमा प्रतिस्पर्धा गराउने लक्ष्य संस्थाले राखेको छ। नेपाललाई आइस क्लाइम्विङ हवको रुपमा चिनाउन आरोही मिलेर पर्वतारोहण पथ प्रर्दशकको समूहले स्थापना गरेको ‘नेपाल क्लाइम्विङ टिम’ नामक संस्थाले कार्यक्रम सुरु गरेको हो।
अन्नपूर्ण हिमश्रङखला हुदै अन्नपूर्ण २ र ३ हिमालबाट बगेर आएका झरना १५ बढी झरनामा आइस क्लाइम्विङ गराइने छ। मंसिरको अन्तिमदेखि फागुनको सुरुवातसम्म यि झरना जमेर आइस बन्छन्।
आइस क्लाइम्विङको आधारभूत, एड्भान्स तालिम गर्न ‘होम्दे’ उपयुक्त गन्तव्य बनेको छ। काठमाडौंदेखि एक दिनको गाडी यात्रामा पुगिने ‘होम्दे’ आइस नदेख्नेलाई क्लाइम्विङ गर्न सस्तो, प्रभावकारी र उपयुक्त गन्तव्य हो। चार वर्षको प्रयास पछि विनायकको टिमले हुम्देलाई आइस क्लाइम्विङ गन्तव्यको रुपमा पक्ता लगाएका थिए।
पाँच सयदेखि एक हजार मीटर भन्दा लामो झरना तीनदेखि पाँच स्तर (डव्लूआई ३ देखि डव्लूआई ५ सम्म) अथवा ६० देखि सय डिग्री उचाइसम्म झरनामा क्लाइम्विङ गर्न पाइने छ। हुम्देमा क्लाइम्विङका लागि तीनदेखि पाँच तहको स्तर रहेको छ। हुम्देको तापक्रम न्युनतम माइनस २० देखि ५ डिग्रीसेल्सीयससम्म हुने गर्छ। हिउँ बन्चरो, क्रम्पन, डोरी, जुक्ता र हेल्मेटको शाहारामा आइस क्लाइम्विङ गर्ने गरिन्छ। आइस क्लाइम्विङ लीड, मल्टीपीच, मिक्स गरी तीन प्रकारले क्लाइम्विङ गरिन्छ। ‘होङदे’ सँगै सोलुखुम्बुको कोङदे, दोलखाको गौरिशंकर क्षेत्र आइस क्लाइम्विङको मुख्य गन्तव्य हो।
मनाङको हुम्दे (३२०० मीटर) मा माघ १८ देखि २९ गते सम्म नेपालमै पहिलो पटक आइस क्लाइम्विङ फेस्टीवलका फोटो र भिडियो। तस्बिर : पासाङरिन्जी शेर्पा/नेपाल क्लाइम्विङ टिम