सुटर्स र माउन्ट भ्याली सेमिफाइनलमा

सुटर्स र माउन्ट भ्याली सेमिफाइनलमा

भक्तपुर : आयोजक सुटर्स टीम, माउन्ट भ्याली र प्लानिङ ब्वाइज र भक्तपुर जिल्ला फुटबल क्लव एसोसियसन (बीडीएफसीए) भक्तपुरमा जारी दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा पुग्न सफल भएका छन्।

भक्तपुरको माहेश्वरी खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको क्वार्टरफाइनलमा आयोजक सुटर्सले म्यानचेस्टर युनाइटेड फुटबल क्लव नेपाललाई सडेन डेथमा ६-५ गोलले पन्छाएको हो।

निर्धारित ७० मिनेटको खेलमा एकएक गोलको बराबरी खेलका सुटर्स र म्यानचेस्टरले पेनाल्टी सुटआउटका पाँचपाँच गोलसमेत गरेका थिए। सडेन डेथमा पहिलो गोल गर्न आएका म्यानचेस्टरका खेलाडीको प्रहारलाई सुटर्सक गोल रक्षकले बचाउ गर्न सफल भए। त्यस्तै सुटर्सका खेलाडीको प्रहार सीधै गोलपोस्ट छिरेपछि म्यानचेस्टर हार स्वीकार गर्न बाध्य भयो।

बिहीबार नै भएको अर्को क्वार्टरफाइनलमा माउन्ट भ्यालीले रायमाझी फुटबल क्लवलाई १-० गोलले हरायो। एन्फाको ए डिभिजन खेल्ने तीनजना विदेशी खेलाडीले सुसज्जित माउन्ट भ्यालीका लागि ब्यासरी कजिमले गरेको एकमात्रै गोल निर्णायक सावित भएको थियो।

त्यस्तै अर्को क्वार्टरफाइनलमा प्लानिङ ब्वाइजले पद्म ज्याति ईआर ब्वाइजलाई १-० गोलले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको छ। प्लानिङ ब्वाइजको लागि खेलको ३३ औं मिनेटमा अमित लामाले गोल गरेका थिए।

यसैगरी सशस्त्र प्रहरी बलको ९ नम्बर ब्रिगेडलाई ०-२ गोलले हराउँदै शिव शिखर बीडीएफसीए अन्तिम चारमा पुग्न सफल भएको छ। बीडीएफसीएले एन्फाको ए डिभिजन फुटबल खेल्ने चारजना विदेशी खेलाडी मैदानमा उतारेको थियो। बिहीबार भएको खेलमा पनि चारमध्ये दुई विदेशी खेलाडीहरु मान्सा र फुफोनाले एकएक गोल गरेका थिए।

काठमाडौं उपत्यका र काभ्रेका गरी २४ टीमको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत शुक्रबार दुई सेमिफाइनलका खेल हुने म्याच कमिस्नर अनिल सुकुपायोले जानकारी दिए। उनका अनुसार पहिलो खेल प्लानिङ ब्वाइज र बीडीएफसीए तथा दोस्रो खेलका माउन्ट भ्याली र आयोजक सुटर्सबीच हुनेछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.