संस्कृतमा भविष्यको खोजी

संस्कृतमा भविष्यको खोजी

देवघाट (तनहुँ) : बालखमै घर छाड्नुपर्दा सिन्धुपाल्चोकका सुदीप मि श्रलाई साह्रै नरमाइलो भयो। ११ वर्षअघि सिन्धुकोटका मिश्र संंस्कृत अध्ययनका लागि देवघाटस्थित महेश संन्यास आश्रमअन्तर्गत सञ्चालित महेश संस्कृत गुरुकुल विद्यापीठमा कक्षा ६ मा भर्ना भएका थिए। उनलाई सुरुसुरुमा गाह्रो पनि भयो। तर बिस्तारै आश्रममा देशका विभिन्न भागबाट आएका आफू जस्तै साथीको संगतमा रमाउन थाले। र पछि उनलाई गाह्रो पनि सजिलो बन्दै गयो ।

हुन त उनलाई सुरुमा संस्कृत पढेर के हुन्छ भन्ने जानकारी थिएन। बुवाको इच्छाअनुसार यता लागेका थिए। तर अहिले उनी विश्वस्त छन्। भन्छन्, ‘संस्कृत पढेकैले मेरो जीवन सुखद बाटोमा हिँडिरहेको छ ।’ कक्षा ६ देखि ८ सम्म पढ्दाताका घर सम्झिएर रुन्थे उनी। तर पछि त्यसैमा रमाउन थाले। मिश्र आचार्य तह (एमएसरह)को पहिलो वर्षमा अध्ययन गर्दै छन्। ‘पहिला के होला भन्ने लाग्यो। तर संस्कृत शिक्षाको महत्त्व बुझ्दै जाँदा यसैमा रस बस्यो,’ उनी भन्छन्, ‘संस्कृत नपढेको भए कि म गाउँमै बरालिन्थें, कि विदेश जान्थें होला ।’ संस्कृत शिक्षाले उनमा अनुशासन मात्र सिकाएको छैन, देशका लागि केही गर्नुपर्छ भन्ने भावना बढाउन पनि सघाएको उनको भनाइ छ ।

हेटौंडाका प्रज्ज्वल खनाललाई पनि संस्कृत पढेर के हुँला भन्ने थाहै थिएन। उनलाई पनि बुवाले संस्कृत पढाउने इच्छा गरे। र देवघाटस्थित महेश संस्कृत गुरुकुलम्मा ल्याए। उनी पनि अहिले दंग छन्। संस्कृत पढ्दा गाउँका साथीभाइले संस्कृत पढेर के गर्छस् भन्दै होच्याउने गर्थे। तर त्यसको जवाफ आफूले दमदार रूपमा दिने आँट आएको उनको भनाइ छ। आफूसरहका साथी व्यवस्थापन एवं विज्ञान संकाय पढेका छन्। तर उनलाई चिन्ता छैन। आफ्नो जीवन सुमार्गमा अघि बढेको उनको भनाइ छ। उनी अहिले उत्तरमध्यमा द्वितीय वर्ष (कक्षा १२ )मा पढ्दै छन्। ‘संस्कृतले संस्कार सिकाउँछ, जसले बुझ्दैन उसैले हेलाँ गर्छन्,’ उनले भने, ‘संस्कृतमा उज्यालो भविष्य देखेको छु। यहाँ आएपछि सबै कुरा भरिपूर्ण भएझैं लाग्छ ।’

आ श्रममा उनीहरू हरेक अष्टमी र प्रतिपदाको दिन उनीहरूको बिदाको दिन हो। तर यो दिन उनीहरू गीत, गजल, कविता आदि साहित्यिक सिर्जना सुन्छन्, सुनाउँछन्। शनिबार भने उनीहरूको बिदा हुँदैन। गुरुकुलमा जीवन दर्शनबारे सिकाइन्छ ।

भोजपुरका सोमनाथ कोइराला आठ कक्षासम्म बोर्डिङ पढेका थिए। त्यसलाई छाडेर उनी संस्कृतमा लागे। त्यसलाई छाडेर संस्कृतमा भविष्य खोज्न थाले। ‘अरु पढेर अस्ट्रेलिया, अमेरिका गए होलान्’, उनले भने, ‘हामीलाई यही समाजमा रहेर दर्शन बाँड्ने ज्ञान संस्कृत शिक्षाले दिएको छ ।’ धादिङ नौबीसेका शेखर पाण्डे पनि खुसी छन्। बाल्यकालमा विद्यार्थीलाई चाहिने वातावरण गुरुकुलमा भएका कारण आफूहरू संस्कृत शिक्षातर्फ लागेको उनको भनाइ छ। उनी १० वर्षको उमेरमा आएका थिए। अहिले उनी आचार्य प्रथम वर्षमा अध्ययनरत छन्। ‘आफू को हुँ भनेर छर्लङ्ग भएको छ, त्यसैले खुसी छु’, उनले भने, ‘जीवनबारे पनि बुझ्न पाएको छु ।’

संस्कृत पढ्नेहरूले गतिलो जीवन जिएका मात्र छैनन्, आर्थिक रूपमा समेत आफूलाई अब्बल बनाउँदै लगेका छन् ।

उनीहरू अनुशासनमा रहन्छन्। गुरुकुलमा शिक्षासँगै संस्कार सिकाइन्छ। यहाँ अध्ययन गर्नेहरू संस्कृत र नेपालीमा पोख्त हुन्छन्। बिहान सबैरै उठेर स्नान गरेपछि जपध्यान एवं योग गर्छन्। पूजाआराधना गर्नु उनीहरूको दैनिकी हो। उनीहरूको बोलीमा नै साहित्यिक एवं विशिष्टता झल्किन्छ ।

महेश संस्कृत गुरुकुलका पूर्वछात्र शालिकराम ढकालले आफ्नो जीवन स्वर्णिम युगमा भएको दाबी गरे। उनी काठमाडौंस्थित वाल्मीकि विद्यापीठमा ज्योतिष पढाउँछन्। संस्कृतमै लागेको हुनाले आफ्नो जीवन सुखमय भएको उनको भनाइ छ। ‘संस्कृत भनेको धर्म, संस्कृति, जीवन दर्शन एवं आध्यात्मिक चेतलाई केन्द्रित गरेर सनातन धर्मभित्र संस्कार सिकाउने थलो हो’, उनले भने, ‘हरेक कुराको स्रोत संस्कृत वाङ्मय हो ।’

महेश आश्रमबाट सञ्चालित महेश संस्कृत गुरुकुलमा करिब साढे दुई सय विद्यार्थी अध्ययनरत छन्। गुरुकुलले हरेक वर्ष प्रवेश परीक्षामा सहभागी तीन सय जनाबाट ३० जना छात्र छनोट गर्छ। मौखिक एवं लिखित परीक्षाका माध्यमबाट प्रवेश परीक्षा लिइन्छ ।

गुरुकुलमा साढे चार करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरिएको छ। पछिल्लो समय समाजमा धार्मिक आस्था बढेसँगै संस्कृतप्रतिको चासो बढेको महेश संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले बताए। ‘अंग्रेजी पढेर डाक्टर–इन्जिनियर बन्छन् भनेर अंग्रेजी पढाउनेहरू त्यसमा सफल नहुँदा संस्कृतको महŒव बढेको हो। अनुशासन र चरित्र राम्रो नभएपछि त्यसको विकल्प खोज्न थालिएको छ ।’ स्वर्गीय डा. स्वामी रामानन्द गिरिले सुरु गरेको आ श्रम करिब ६५ रोपनी क्षेत्रफलमा फैलिएको छ। २०५० सालमा सुरु गरिएको गुरुकुलले ६ वर्षपछि विद्यापीठ सुरु गरेको हो ।

आश्रममा विराट् ज्ञानमहायज्ञ

देवघाटधामको सांस्कृतिक, धार्मिक एवं आध्यात्मिक महत्त्वको प्रचारप्रसारका लागि महेश सन्न्यास आ श्रममा विराट् ज्ञानमहायज्ञ आयोजना भयो। महायज्ञमा १०८ ब्राह्माणका साथ दैनिक पाठपारायण गरियो। महायज्ञमा आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले प्रवचन दिए। आश्रमका संस्थापक डा. स्वामी रामानन्द गिरिजी महाराजको प्रथम पुण्यस्मृति एवं आ श्रम स्थापनाको २५ वर्ष पुगेको अवसरमा महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञमा दैनिक रूपमा चतुर्वेद पाठपारायण, महारुद्राभिषेक, ब्रह्मागायत्री लक्ष्यहवन, शतचण्डी अनुष्ठान, गणेश, शिव, विष्णु र सूर्य पुराण, देवीभागवत पाठपारायण भयो। महायज्ञले पवित्र देवघाटधामको धार्मिक र ऐतिहासिक महत्त्वको प्रचारप्रसार गर्दै यसलाई नेपालको उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सहयोग पुर्‍याएको महायज्ञका प्रचारप्रसार संयोजक टंकनाथ पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.