नेपाली किसानलाई भारतमा तालिम
काठमाडौं : ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ कार्यक्रम अन्तर्गत २० जना नेपाली किसान तथा कृषि विशेषज्ञलाई भारतमा तालिन दिन सुरु गरिएको छ। माघ १८ देखि सुरु भएको नेपाली किसान तथा कृषि विज्ञहरुको तालिम आउदो १८ फागुनसम्म चल्ने भएको हो।
किसान तथा विज्ञले भारतको गाजियाबादस्थित नेशनल सेन्टर अफ अरगानिक फारमिंगमा तालिम लिइरहेका छन्। यसअघि कार्तिकमा पनि २० किसानहरुलाई तालिम दिइएको थियो। नेपाल र भारतबीच भएको कृषि साझेदारी अनुसार कृषिमन्त्री चक्रमणि खनालले असारमा दिल्ली भ्रमण गरेर यो कार्यक्रमलाई कार्यन्वयनमा ल्याउन पहल गरेका थिए।
माटोको स्वास्थ्यलाई सुधार गर्न प्रमाणित प्राङ्गारिक खेतीलाई प्रवर्धन गर्ने, उत्पादन गुणस्तर, उत्पादकत्व, माटोको स्वास्थ्य तथा वातावरणमा प्राङ्गारिक प्रभाव वृद्धि गर्ने र जैविक मल तथा जैविक किटनासक उत्पादन इकाईको स्थापना गरी प्राङ्गारिक बिउको आपूर्तिलाई सुनिश्चित गर्ने विषयमा नेपाली विशेषज्ञ तथा किसानले तालिम लिइरहेका छन्।