नयाँ व्यवस्थापनमा क्यासिनो

नयाँ व्यवस्थापनमा क्यासिनो

काठमाडौं : पाँचतारे होटलका क्यासिनो नयाँ व्यवस्थापन आउन थालेका छन्। पाँच वर्षअघि सरकारले क्यासिनो नियमावली ल्याएपछि यसको विरोध गर्दै सेवा नै बन्द गराएका क्यासिनोमा धमाधम नयाँ व्यवस्थापन प्रवेश गरेका छन्। पुरानो व्यवस्थापन क्रमसः विस्थापित भइरहेका छन्। पाँचतारे होटल परिसरमा सञ्चालित र्‍याडिसन होटलको क्यासिनो र्‍याडमा मात्रै पुरानै व्यवस्थापन छ। बाँकी सबैमा नयाँ भित्रिसकेका छन्।

नयाँ व्यवस्थापन आएका क्यासिनोमा दरबारमार्गको अन्नपूर्ण होटलमा गोहा कोस्टल एन्ड रिसोर्टको क्यासिनो एट्लान्टिक, याक एन्ड यतीमा गिल्ट इन्भेस्टमेन्टको क्यासिनो रोयल, मल्ल होटलमा क्यासिनो बेल्लिज नेपाल, सांग्रिला तथा टाइगर प्यालेसमा सिल्भर हेरिटेजको क्यासिनो सञ्चालनमा आएको छ। हायातमा चार वर्ष अगाडि नै गोहा कोस्टलकै क्यासिनो प्राइड र सांग्रिलामा पाँच वर्षदेखि सिल्भर हेरिटेजको क्यासिनो मिलेनियर्स क्लव सञ्चालनमा छन्। साथै, याकएन्ड यतीमा भित्रिको जयन्ती थापाको नाममा नयाँ व्यवस्थापन क्यासिनोका लागि खटिएको छ। पाँच वर्षअघिको क्यासिनो राज गर्ने पुरानो व्यवस्थापन हटेर सबै नयाँ व्यवस्थापनमा क्यासिनो स्थापित भइरहेका छन् ।

र्‍याड र याकएन्ड यतीको रोयल क्यासिनोले नियमावली नै नमान्ने भन्दै अदालत गएकाले यसको विषयमा अदालतको निर्णय आउँन बाँकी छ। र्‍याड र रोयल दुवै अदालतको आदेशमा सञ्चालित क्यासिनो हो। यसमध्ये सरकारलाई तिर्नेपर्ने कारको दायित्व र्‍याडको जम्मा पाँच करोड ६९ लाख मात्रै छ। यसले सञ्चालनमा नरहेको आव २०७१÷७२ र २०७२÷७३ को इजाजतपत्र, नवीकरण दस्तुर निवेदन दस्तुर मिनाहा गर्न माग गरेको छ। तर, क्यासिनो सञ्चालन नभएको वर्षको पनि रकम यसको दायित्वमा सरकारले थुपारिदिएको आरोप यो क्यासिनोको छ। यसले यो पैसा मिनाहा पाउने हो भने अब जम्मा ६९ लाख मात्रै बाँकी बक्यौता तिरे पुग्छ ।

अदालतको निर्णयका भरमा चलिरहेको र सरकरालाई बुझाइ बाँकी रकम जम्मा आठ करोड ३९ लाख रहेको याक यान्ड यती होटलको गिल्ट इन्भेस्टमेन्टको क्यासिनो रोयल छ। यसले एकातिर सरकारी बक्यौता घटाउँदै गएको छ भने नयाँ व्यवस्थपनसहित क्यासिनो सञ्चालन पनि गरिरहेको छ। यो क्यासिनो सुरेन्द्रबहादुर सिंहबाट पछिल्लो समय जयन्ती थापाको स्वामित्वमा आएको जानकारी क्यासिनोले पर्यटन विभागलाई दिएके सुरेन्द्रबहादुर सिंहबाट पछिल्लो समय जयन्ती थापाको स्वामित्वमा आएको जानकारी क्यासिनोले पर्यटन विभागलाई दिएको छ। सबैभन्दा पहिला वषौंदेखिको पुरानो व्यवस्थापन हटाएर विदेशी लगानी भिœयाउने सांग्रिला क्यासिनो हो। यसले क्यासिनो नियमावली आएलगत्तै एसएचएल म्यानेजमेन्टको सिल्भर हेरिटेजका नाममा क्यासिनो सञ्चालन गरिरहेको छ। भैरहवाको टाइगर प्यालेसमा पनि यसैले क्यासिनो सञ्चालन गरिरहेको छ ।

लामो समय भारतीय नागरिक राकेश वादवाले सञ्चालन गरेको क्यासिनो नेपालले कर्मचारी तथा सरकारी बक्यौता नतिरेकै कारण सोल्टी होटलबाट यो विस्थापित भएको हो। क्यासिनो नियमावली लागू भए पनि सांग्रिलापछि सोल्टीमा क्यासिनो माजोङ नामको नयाँ व्यवस्थापनले क्यासिनो सञ्चालन गरेको छ ।

पाँच वर्षअघि सरकारले क्यासिनो नियमावली ल्याएपछि यसको विरोध गर्दै सेवा नै बन्द गराएका क्यासिनोमा धमाधम नयाँ व्यवस्थापन प्रवेश गरेका छन् ।

हायात होटलमा वषौंसम्म चलेको क्यासिनो ताराको समूह विस्थापन भएपछि चार वर्षदेखि गोहा कोस्टल एन्ड रिसोर्टको लगानीमा क्यासिनो प्राइड सञ्चालनमा छ। गोहा कोस्टलले लामो समय बन्द रहेको दरबारमार्गको अन्नपूर्ण होटलमा क्यासिनो एट्लान्टिक गत वर्ष मार्चबाट सञ्चालनमा ल्याएको हो। यो क्यासिनोमा नेपाली लगानीकर्ता विनयकुमार शाह छ ।

पुरानो व्यवस्थापनको शाख गुमेकोले नयाँ व्यवस्थापन आएपछि क्यासिनोमार्फतको पर्यटन व्यवसाय फस्टाउन थालेको क्यासिनो प्राइड तथा एट्लान्टिकका निर्देशक शाहको बुझाइ छ। उनका अनुसार सिंगापुरमा १७ लाख पर्यटक आउँदा क्यासिनोको योगदान सात लाख छ। नेपालमा क्यासिनोको योगदानको मूल्यांकन नै भएको छैन। पछिल्लो समय एक लाख ७७ हजार पर्यटक क्यासिनो खेल्न मात्रै नेपाल आएको उनले जानकारी दिए। क्यासिनोमा आउने पर्यटकलाई प्रोत्साहन गर्नुको साटो निरुत्साह भइरहेको बुझाइ उनको छ ।

सरकारले क्यासिनो नियमावली २०७० ल्याउँदै निश्चित समय दिएर अपडेड गर्ने मौका दिन चुकेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। घिमिरेका अनुसार नियमावली सहजीकरण गर्दै लागू गर्न सकिएको भए पछिल्लो सयम क्यासिनो विवाद नहुन पनि सक्ने बुझाइ उनको छ। कतिपय विषय एकैपटक कार्यान्वनमा जान नसकिने र केही समय पर्खनुपर्ने भए पनि कडाइ गरेकै कारण असन्तुष्ट क्यासिनो अदालत गएका हुन्। अझै अदालतबाट अन्तिम निर्णय नआएकाले मिनीसहित ठूला होटलमा दुई र दुईवटा कम्पनीका आठवटा मिनी क्यासिनो अदालतको आदेशका भरमा सञ्चालित छन् ।

पछिल्लो सयम पाँच तारेको अनुमति पाएको सोल्टीको सोल्टी सिब्क्रिम र चारतारे सिद्धार्थ होटलले पनि क्यासिनो सञ्चालनको अनुमति मागेको पर्यटन विभागको भनाइ छ। होटल स्तरोन्नति हुँदै क्यासिनो राख्ने र नयाँले क्यासिनो माग्नुलाई सकारात्मक रूपमा हेरिएको छ। मापदण्ड पुगेको होटलमा क्यासिनो सञ्चालन गर्न दिनु सकारात्मक भएको विभागका महानिर्देशक घिमिरेले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.