नालीमा नवजात शिशुको शव
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ गुन्टेखोलाको नालीमा नवजात शिशुको शव भेटिएको छ। प्रहरीले करिब ४ महिनाको शिशुको शव भेटिएको बताएको छ।
अबैध बच्चालाई औषधि खुवाएर कसैले फालेको हुन सक्ने अनुमन प्रहरीको छ।
स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नवराज मल्ल नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बालकको शव शनिबार राति अर्थात् आइतबार बिहान फालेको अनुमान गरेको छ।