भारत-पाकिस्तान विवाद : पर्साको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

भारत-पाकिस्तान विवाद : पर्साको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

वीरगन्ज : भारत-पाकिस्तानको सीमा क्षेत्रमा विवाद चर्किएपछि भारतसँग खुला सीमा रहेको पर्सामा सुरक्षा सतर्कता बढाइएको छ। 

भारत-पाकिस्तानको विवादित क्षेत्र काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आतंकवादी हमलामा भारतका ४० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए। त्यसको जवाफमा भारतीय सेनाले मंगलबार पाकिस्तानी भूमिमा बम खसालेपछि विवाद चर्किएको हो। 

भारतीय सेनाले पाकिस्तानी भूमीमै पसेर बम खसालेसँगै भारत पाकिस्तानको सीमा क्षेत्रमा युद्धको तनाव बढेको हो।

भारत पाकिस्तानको सीमा क्षेत्रमा युद्धको तनाव बढेसँगै भारतसँग सीमा जोडिएको नेपालका सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको हो। 

पर्साको जिल्लाको एक सय सात किलोमिटर खुला सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। सीमा क्षेत्रका नाकामा मंगलबार बिहानैबाट सुरक्षा सतर्कता बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले जानकारी दिए। 

सीमा नाका र क्षेत्रमा प्रहरीको तैनाथी र निगरानी बढाइएको छ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। ‘सीमा नाका हुँदै नेपाल भारत ओहोर दोहोर गर्ने यात्रु र सवारी साधनको चेकजाँचमा कडाई गरिएको छ’, प्रहरी उपरीक्षक ढकालले भने। 

भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीका तर्फबाट पनि सुरक्षा सतर्कता बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पराक्रमराज भण्डारीले जानकारी दिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.