सोनिसको मुस्कान

सोनिसको मुस्कान

सोनिस अवाल सुतिरहेका बेला भूकम्पले घर भत्किएको थियो। २२ घण्टापछि उनलाई नेपाली सेनाले उद्धार गरेका थिए। अवालको कोठामा उनको उद्धार गरिएका दुईवटा फोटो झुन्ड्याइएका छन्। उनी सधैंजसो त्यो फोटो हेर्छन्। सानोमा म यस्तो थिएँ है भन्दै आमाबुवासँग जिज्ञासा राखिराख्छन्।

थप पृष्ठ २ मा २०७२ वैशाख १२ गतेको भूकम्पले धेरै तहसनहस बनायो। नौ हजारभन्दा बढीले ज्यान गुमाए। कति घाइते जीवन जिउन बाध्य भए। त्यही भूकम्पमा २२ घण्टापछि उद्धार गरेर नयाँ जीवन पाए भक्तपुरका सोनिस अवालले। सोनिस अवाल गत वर्षदेखि स्कुल जान थालेका छन्।

चार महिनाको उमेरमा भूकम्पमा परेका सोनिस अहिले चार वर्ष पूरा भए। उनी अहिले भक्तपुरस्थित एभरेस्ट इङ्लिस स्कुलमा कक्षा नर्सरीमा पढ्छन्। सोनिस अहिले टोल छिमेकका अरू मानिससँग घुलमिल हुँदैछन्। एकै ठाउँमा बस्न उनलाई अझै पनि समस्या पर्छ। उनी चञ्चले र अलि जिद्दी स्वभावका छन्।

एभरेस्ट अंग्रेजी स्कुलले उनलाई निःशुल्क रूपमा पढाइरहेको छ। शैक्षिक सामग्रीका लागि मासिक ६ सय र अतिरिक्त क्रियाकलापबापत वर्षको तीन हजार शुल्क तिर्ने गरेको उनकी आमा रस्मिलाले बताइन्। तीन हजार खर्च नभए फिर्तासमेत हुन्छ।

सोनिस पढ्नमा अब्बल छन्। स्कुल जान थालेपछि छोराको बुद्धि पनि तेज हँुदै गएको रस्मिलाले महसुस गरेकी छन्। ‘दैवले नै बचाएका हुन्। सेनाले उद्धार गर्दा म साह्रै भावुक भएर रोएको थिएँ’, छोरालाई हेर्दै आमाले अतीत सम्झिइन्।

आशा मारिसके पनि वरिपरि खोज्दै गर्दा राति ११ बजे बाबु रोएको आवाज उनले सुनेकी थिइन्। यसले उनको मनमा आशा पलाउँदै लग्यो। अर्को दिन सेनाले उद्धार गर्दा खुसीले उनका सहर्ष आँसुसमेत झरेका थिए।

सोनिस खेलप्रति रुचि राख्छन्। स्कुलका अतिरिक्त क्रियाकलापमा उनी भाग लिन्छन्। स्कुलमा कहिलेकाहीँ भूकम्पको कुरा सुन्दा घरमा आएर त्यस बारेमा थप बुझ्ने प्रयास गर्छन्। छोराको रुचिअनुसार पढाउने र सद्मार्गमा लगाउने उनको अभिभावकको चाहना छ।

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उनीहरूले अझै घर बनाउन सकेका छैनन्। पहिले घर भएको जग्गा सडक मापदण्डमा परेपछि अहिले अवाल परिवार नजिकै भाडाको कोठामा बस्छन्। सोनिस पढ्ने विद्यालयकी कक्षा शिक्षिक प्रेमशिला प्रधानले सोनिसको आनीबानी राम्रो र अनुशासित रहेको बताइन्। ‘सुरुमा स्कुल आउँदा समूहमा बस्न उनलाई समस्या पथ्र्याे, अहिले त्यस्तो छैन’, उनले भनिन्।

त्यस्तै विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले एक वर्षको अवधिमा सोनिसमा धेरै परिवर्तन आएको बताए। सोनिस स्कुल आउनुअघिभन्दा अहिले उनका धेरै सुधार देखिएको छ। अझै राम्रो गर्न सकिने ठाउँ रहेकोले शिक्षकले भनेअनुसार गर्न उनले अभिभावकलाई सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.