बालिका दुुलही होइनन्

काठमाडौं : केहि महिना अघि टोखा नगरपालीकामा कसैले बालविवाह गरेको उजुुरी पर्यो। पोखरा घर भएकी बेहुुली १५ वर्षकी मात्रै थिइन्।
नगरपालीकाकी उपमेयर ज्ञानमाया डंगोल र अन्य कर्मचारीले बेहुुला बेहुुलीलाई परिवारका अन्य सदस्यसहित कार्यालयमा बोलाएर सम्झाइ फकाई उनीहरुलाई छुुट्टाटुुट्टै बस्ने सल्लाह गरी घर पठाए।
बेहुुली आमाको साथमा पोखरा गइन्, बेहुुला टोखामा रहेको घरमै बस्ने सहमती भयो। बेहुुलीको उमेर पुुगेपछि मात्रै घर आउने भनिएको थियो।
उनीहरुलाई नगरपालिकाले बेग्लाबेग्लेै बस्न सल्लाह दिए पनि केटा भने केटी भेट्न पोखरा गैरहने गर्दा रहेछन्। त्यसको केही महिनापछि बेहुुली गर्भवती भएको खबर कार्यालयमा आयो।
संगै बस्न पाउने आग्रह उनीहरुको थियो। बालविवाह गरेका जोडीलाई नगरपालिकाले वैधानिकता दिन बाध्य भयो। गल्र्स नट ब्राइड नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा टोखा नगरपालिकाकी उपमेयर डंगोलले सुुनाएको घटना थियो यो।
यो उदाहरण मात्रै हो, बालबिवाहका घटना समाजमा व्याप्त छ। नेपालमा महिला र बालिकाको क्षेत्रमा काम गर्ने १७ वटा संस्थाहरुको संयुुक्त राष्ट्रिय सञ्जालको रुपमा ‘गल्र्स नट ब्राइड’ नेपालले काम गर्दे आइरहेको छ।
संस्थाका केन्द्रीय सदस्य नगेन्द्र रिजालले बालिकाको सानै उमेरमा हुुने विवाहले स्वास्थ्यमा नकारात्मक असर पर्ने हुुँदा बालविवाह रोक्नुुपर्ने बताएका छन्।
संस्थाका संयोजक आनन्द तामाङले बालविवाह विश्वव्यापी समस्या भएको र अविकसित देशमा यसको असर डरलाग्दो रुपमा फैलिएको बताए।
बालविवाह सम्बन्धी राष्ट्रिय रणनीति २०७२ अनुुसार सरकारको सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्य गर्ने योजना रहेको छ। यो योजनालाई सफल बनाउन पनि समाजमा बालविवाहको असरका सम्बन्धमा जनचेतना जगाउने र प्रभावकारी काम गर्नुुपर्ने देखिन्छ। तर यसका कार्यक्रमहरु शुुरु भैसकेका छैनन्।
७२ वटा स्थानीय तहमा पुुगेर संस्थाले विभिन्न अध्ययन र अनुुसन्धानको काम गरेको जानकारी गराउँदै तामाङले धेरैजसो बालविवाहको कारण गरिबी भएको बताएका छन्।
गरिबी र जनचेतनाको अभावले धेरैजसो परिवारले बच्चा पढाउन पनि नसक्ने जानकारी गराउँदै उनले उचित लालनपालन गर्न नसक्ने हँुुदा बालिकाहरु सुुरक्षा खोज्दै वैवाहिक सम्बन्ध गास्नेको संख्या धेरै भएको तथ्याङ्क प्रस्तुुत गरेका थिए। यसका अलावा कार्यक्रममा बोल्ने अधिकांश सहभागीले अहिले युुवापुुस्तामा बढ्दै गएको सामाजिक सञ्जालको प्रयोगले पनि सानै उमेरमा बिहे गर्नेको संख्या बढेको बताएका थिए।
नेपालको कानुुनमा १८ वर्षभन्दा कम उमेरमा गरिएको बिहेलाई बालविवाहको रुपमा मानिन्छ। २० वर्षभन्दा कम उमेरमा गरिएको विवाहलाई गैरकानुुनी विवाहको रुपमा मानिन्छ। अहिलेसम्म भएको विवाहको कुुल संख्या मध्ये ७८ प्रतिशत विवाह बालविवाह भएको र अझै पनि ४० प्रतिशत विवाह बालविवाह नै हुुने तथ्याङ पनि कार्यक्रममा जानकारी गराइएको थियो।
हरेक आमाबुवामा बालविवाहको असरको बारेमा जानकारी गराइनुुपर्ने र सरकारले विकट र अशिक्षित बस्तिमा यौनशिक्षाको बारेमा प्रभावकारी जनचेतना बढाउनुुपर्नेमा सहभागीले जोड दिए।
अहिलेका युुवायुुवतीलाई विद्यालयस्तरको शिक्षमा नै यौन तथा प्रजनन विषयलाई समावेश गराइनुुपर्ने जरुरी भएको अधिकांशको निचोड थियो।
प्रतिक्रिया दिनुहोस !
