करेन्ट लागेर एकको मृत्यु , एक गम्भीर
दमक : मोरङको कानेपोखरीमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ। कानेपोखरी गाउँपालिका–७ बस्ने ३५ वर्षीय सागर तोलाङको करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर अर्का एकजना घाइते भएका छन्। बेलबारी नगरपालिका–७ डाँगीहाट बस्ने २० वर्षीय नविन खवास गम्भीर घाइते भएका हुन्। कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित राजन तिम्सिनाको घरमा काम गर्ने क्रममा शुक्रबार साँझ उनीहरुलाई करेन्ट लागेको हो।
घरको पिलरमा रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रडले छोएर करेन्ट लागेको हो। घाइते दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। उपचारकै क्रममा तामाङको साँझ ७ बजे मृत्यु भएको हो। अर्का घाइते नविनको उपचार भइरहेको छ।