बस र कार ठोक्किँदा एकको मृत्यु
दमौली : व्यास नगरपालिका–४ स्थित बुल्दीपुल नजिकै बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राती भएको यो घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
कास्कीको लेखनाथ नगरपालिका–२० का ५६ वर्षीय नीलबहादुर सुनारको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उपचारको क्रममा दमौली अस्पतालमा ल्याउँदै गर्दा सुनारको मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा तनहुँको व्यास नगरपालिका–२ कालिकामार्गका ३५ वर्षीय सुन्दर गुरुङ र कार चालक कास्की पोखरा लेखनाथ महानगरपालिका–१० का सुनिल गुरुङ छन्। उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पोखरातर्फ जाँदै गरेको बा ६ च २१०२ नम्बरको कार अनियन्त्रित भएपछि पोखराबाट आउँदै गरेको ना ४ ख २८४४ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।