सडक दुर्घटना नहोस् भन्दै गाडी चालकले चढाए मूर्ति
कालिकोट : कर्णाली राजमार्गमा सवारी दुर्गटना नहोस् भन्दै एकजना गाडी चालकले मन्दिरमा शिवको मूर्ति चढाएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका-२ जिते बजारस्थित तिला र कर्णाली नदीको दोवानमा रहेको शिव मन्दिरमा शिवरात्रीको अवसरमा भव्य मेला नै आयोजना गरी गाडी चालक बिष्णुबहादुर शाहीले मूर्ति चढाएका हुन्।
साँघुरो राजमार्गमा दिनानुदिन दुर्घटना बढ्दै गएपछि चिन्ता व्यक्त गर्दै डिभिजन वन कार्यालयका गाडी चालक बिष्णुबहादुर शाहीले शिवरात्रीको अवसरमा कर्णाली राजमार्गसँग जोडिएको शिव मन्दिरमा मूर्ति चढाएका छन्।२०६४ सालमा तत्कालिन प्रधान सेनापती रुकवान्दन कटुकालको सहयोगमा निर्माण गरिएको उक्त मन्दिरमा सवारी दुर्घटनामा परी कसैको ज्यान नजाहोस् भन्दै काठमाडौंबाट १ लाख २५ हजार २ सय ५१ रुपैयाँको लागतमा निर्माण गरिएको शिवको मन्दिर चढाएको बताए। उनले भने, 'कर्णाली राजमार्ग निकै साँघुरो छ। यसको स्तोरोन्नती गर्न सम्बन्धित निकायले चासो दिएको छैन्। वर्षेनी भइरहेको सवारी दुर्घटनामा सयौंले ज्यान गुमाउनु परेको छ।
उनले प्रधानसेनापती कटुवालले स्थापना गरेको मन्दिरमा शिवलिंग मात्रै रहेकाले मूर्ति स्थापना गरेको बताए। उनले भने,' अब हरेक वर्ष हुल्म बजार व्यवस्थापन समितिको समन्वयमा उक्त मन्दिरमा मेला लगाउने कार्यको पनि सुरुवात गरेका छौं।'
'शिवको आसिरवादले कर्णाली राजमार्गमा सवारी दुर्घटनामा कसैले ज्यान गुमाउनु नपरोस। राजमार्गको स्तोरोन्नतीका लागि सम्बन्धित निकायको ध्यान पुगोस्', उनले भने,' हामी गाडी चालकले ज्यान नै जोखिममा राखेर सवारी चलाउनुपर्ने बाध्यता पनि हटोस्।'
आइतबार मात्र कर्णाली राजमार्गको दैलेख टुनिबगर नजिकै सुर्खेतबाट कालिकोटतर्फ आउँदै गरेको मोटरसाइकलमा ढुंगा लागेर जिल्लाको खाँडाचक्र नगरपालिका-३ निवासी सुरेन्द्र शाहीको ज्यान गएको थियो।
मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष ऐनबहादुर मल्लको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्दिर परिसरमा शिवको पूजाआजा गरियो।
कार्यक्रममा तिला कर्णाली नदीको दोबानमा शिवजीको मन्दिर निर्माण गरिदिने तत्कालिन प्रधान सेनापती रुकवान्दन कटुवाल, मूर्ति चढाउने गाडी चालक बिष्णुबहादुर शाहीको जयजकार गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
