दुर्लभ घडियाल

दुर्लभ घडियाल

चितवन : गोही पानी र जमिन दुवै ठाउँमा बस्न सक्ने सरिसृप समूहको जीव हो। यसलाई प्राचीन डाइनोसर जीवको प्रजाति मानिन्छ। घडियाल र मगर गोही गरी नेपालमा दुई प्रकारका गोही पाइन्छ। घडियाल गोही स्वच्छ र बग्ने पानीमा पाइन्छ भने मगर गोही भने तालतलैया, घोल, सिमसार ठाउँमा बस्छ।

नेपालको कोसी, कर्णाली, नारायणी र राप्ती नदीमा गोही देख्न सकिन्छ। यसले बालुवामा अन्डा पार्ने, बच्चा कोरल्ने गर्छ। जाडोयाममा घडियाल घामले तातेको बालुवामा बस्न मन पराउँछ। तर, बालुवासहितको उपयुक्त ठाउँको अभावमा घडियालले पानीमा समेत अन्डा पार्ने गरेको भेटिएको छ।

घडियालको भाले र पोथी सजिलै छुट्याउन सकिन्छ। भाले घडियाल गोहीको ठुँडमा घडा हुन्छ। भाले गोहीको अभावले पनि गोहीको प्रजननमा समस्या छ। नेपालका धेरै नदीबाट घडियाल गोही लोप भइसके। नदी फोहोर हुँदै गएपछि घडियाल हराउँदै गएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका गोही।

घडियाल गोही विश्वमा अति संकटापन्न अवस्थामा सूचीकृत छ। सन् १९५० ताका दक्षिण एसियाका सबै देशमा पाइने घडियाल गोही अहिले नेपाल र भारतमा मात्र सीमित छ। पर्यटकहरू गोही हेरेर मोहित हुन्छन्।

पुसदेखि फागुनसम्म गोहीको भाले लाग्ने समय हो। भाले लागेर वैशाख, जेठमा अन्डा पार्छ। गोहीको मुख्य आहार माछा हो। प्रदूषणका कारण माछा कम हुँदा पनि गोही संकटमा छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नेपालका नदी छेउछाउमा मानवीय क्रियाकलापले पनि गोही संकटमा छ।

घडियाल गोही विश्वमा अति संकटापन्न अवस्थामा सूचीकृत छ। सन् १९५० ताका दक्षिण एसियाका सबै देशमा पाइने घडियाल गोही अहिले नेपाल र भारतमा मात्र सीमित छ। पर्यटकहरू गोही हेरेर मोहित हुन्छन्।

अनियन्त्रित किसिमले नदीजन्य पदार्थ संकलन, ठूला निर्माणको काम, बाढी तथा नदी प्रदूषणका कारण गोहीको बासस्थान र आहारा संकटमा परेको हो। ‘नदी किनारमा बालुवा कम भएपछि गोहीको बासस्थान संकटमा छ’, ढकालले भने, ‘मानिसको हेलचेक्य्राइँले गोही घट्दै गएको छ।’

सन् २०१६ मा गरिएको गोही गणनाअनुसार नेपालमा घडियालको संख्या एक सय ९८ छ। नारायणी नदीमा ८४, राप्ती नदीमा ८२, बबई नदीमा ३१ र कर्णाली नदीमा एउटा छ। तीमध्ये ६ वटा मात्रै भाले छन्। घडियाल लोप हुने खतरा बढेपछि चितवन राष्ट्रिय निकुञ्जमा २०३५ सालमा ‘गोही प्रजनन केन्द्र’ स्थापना गरिएको हो। जोखिममा रहेका अन्डा खोजी गरी राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरलिन्छ।

गोहीले प्राकृतिक अवस्थामा बच्चा कोरल्ने र हुर्काउने सम्भावना एक प्रतिशतभन्दा पनि कम मानिन्छ। २०३९ सालबाट हालसम्म प्रजनन केन्द्रमा हुर्काइएका करिब एक हजार दुई सय ४६ गोही विभिन्न नदीमा छाडिएको छ। तर, यसरी छाडिएका सबै गोही बाँच्दैनन्। प्रजनन केन्द्रमा हुकाईएका गोहीलाई करिब ६ वर्षको भएपछि नदीमा छाडिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.