न्याय माग्न गएको छोरालाई प्रहरीले थुन्यो

न्याय माग्न गएको छोरालाई प्रहरीले थुन्यो

वीरगन्ज : घरभित्रै पसेर तोडफोड र आगजनी गर्दै कुटपिट गर्नेहरुलाई कार्वाहीको माग गर्दै प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा प्रहरीले उल्टै आफ्नो छोरालाई पक्रेर थुनामा राखेको एक दम्पतिले गुनासो गरेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मिथिलानगरका मोहन वर्णवाल र उनकी पत्नि अनिता वर्णवालले वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो गुनासो गरेका हुन्।

मोहन वर्णवालका अनुसार उनका छोरा राजेशकुमार वर्णवालको भारतको बेतियाकी मोनी वर्णवालसँग २०६९ साल मंसिर २२  गते परम्परागत मागी विवाह भएको थियो।

केहि समयमा पतिपत्नी बीच विवाद भयो। पति राजेशले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले २०७४ साल जेठ ९ गते दुवै बीच सम्बन्ध विच्छेदको फैसला गरेको थियो। 
 
मोनीसँगको सम्बन्ध विच्छेद भएपछि राजेशले गत माघ २५ गते भारतको उत्तरप्रदेशको मधुवनकी तान्या वर्णवालसँग दोश्रो विवाह गरेका थिए। 

राजेशले दोश्रो विहे गरेपछि त्यसैको निहुमा अदालतबाट छोरासँग सम्बन्ध विच्छेद भइसकेकी पहिलेकी बुहारी मोनी र उनका दाजु भाइहरुले यहि फागुन १९ गते आइतबार आफ्नो घरमा आएर आफ्ना परिवारका सदस्यहरुलाई कुटपिट गर्दै घरभित्र तोडफोड र आगजनी गरेको राजेशका बुबा मोहनले बताए।
 
बी आर २२ पी ९५५६ नम्बरको स्कार्पियो गाडीमा सवार मोनी , उनका दाजुहरु पवन , तनय र वीरगन्ज ६ कुम्हालटोलका प्रमोद वर्णवालले आफू र छोरा राजेशलाई कुटपिट गरी घाइते पनि बनाएको राजेशका बुबा मोहनले बताए।
  
पहिलेकी बुहारी मोनीले रडले आफ्नो आँखामा घोचेर घाउ बनाइदिएका कारण अहिले पनि उपचार चलिरहेको मोहनले बताए।
गत आइतबार उनीहरुले आफ्नो सुत्ने कोठामा तोडफोड गर्दै आगजनी गरेपछि छिमेकीले आएर आगो निभाएको मोहनले बताए। तोडफोड र आगजनी गरेपछि पहिलेकी बुहारी मोनीले नगद ७२ हजार रुपैयाँ , सुनको सिक्री , औंठी र टप राखिएको ब्याग पनि लिएर गएको राजेशकी आमा अनिताले पत्रकार सम्मेलनमा जानकारी दिइन्।
  
आइतबारको घटनामा संलग्नहरु विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता गराउन सोमबार जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले मुद्धा दर्ता गर्न नमानेको भन्दै राजेशका बुबा मोहनले उल्टै प्रहरीले आफ्नो छोरा राजेशलाई गत मंगलवार पक्राउ गरेर बहुविवाहको मुद्धा दर्ता गरेर थुनामा राखेको गुनासो गरे  ।
 
घरमा आगजनी ,तोडफोड र कुटपिट गर्नेहरु विरुद्ध मुद्धा दर्ता नगरी प्रहरीले अदालतबाट पहिलेकी पत्निसँग सम्बन्ध विच्छेद गराइसकेका छोरा राजेशलाई पक्रेर बहुविवाहको मुद्धा दर्ता गरेको बुबा मोहनले बताए।
  
मुद्धा दर्ता गराउन जाँदा प्रहरीले मिलापत्रको लागि दबाब दिएको आरोप पनि उनले लगाए।
  
मोहनको घरमा तोडफोड , आगजनी र कुटपिट गर्ने मध्येका तीन जना  मोनीकाका दाजुहरु पवन र तनय तथा प्रमोदलाई भने प्रहरीले घटना भएकै दिन आइतबार नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्धा दर्ता गरिसकेको छ। 
उनीहरु आएको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर राखेको छ। 
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने जिल्ला अदालतले गरेको सम्बन्ध विच्छेदको फैसला प्रति असन्तुष्टि जनाउँदै मोनीले उच्च अदालतमा पुनरावेदन गरेको र उक्त मुद्धा उच्च अदालतमा विचाराधीन रहेकाले मोनीकै उजुरीका आधारमा राजेशलाई नियन्त्रणमा लिएर बहुविवाहको मुद्धा चलाइएको बताए।
  
सरकारी वकिलको कार्यालयकै सल्लाहमा राजेश विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरी अदालतमा म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले कुनै पनि पक्षलाई मिलापत्रको दबाब नदिएको पनि जिकिर उनले गरे  । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.