आर्मीलाई घरेलु टोलीको चुनौती

आर्मीलाई घरेलु टोलीको चुनौती

बिर्तामोड : चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार आयोजक झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दै छन् । दुवै टोलीले उपाधि उचाल्न आफूहरू आतुर रहेको दाबी गरेका छन् । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै हराउँदै पहिलो र तेस्रो संस्करणको उपाधि चुमेको थियो ।

यसअघि तीन पटक फाइनलमा पुगेर पनि झापा हालसम्म उपाधि जित्न सकेको छैन । झापाको यो चौथो फाइनल यात्रा हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले उपाधिका जित्न आफूहरू तयार रहेको प्रतिक्रिया दिए । झापा– ११ का प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टोली यस पटक जसरी पनि उपाधि उचाल्ने दाउमा रहेको बताए । झापाका कप्तान कर्ण लिम्बूले यसपटक उपाधि जितेर यही गोल्डकपको फाइनलमा दुई पटक आर्मीसँग भोगेको हारको बदला लिने बताए ।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो सेटका केही खेलाडी नभएकाले खेलमा केही असर गरे पनि टिमले उपाधि उचाल्नेमा कुनै शंका नरहेको प्रतिक्रिया दिए । आर्मीका कप्तान भरत खवासले झापा– ११ राम्रो टिम भएकाले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने तर, उपाधि भने आफ्नै टोलीले जितेर ह्याट्रिक पूरा गर्ने योजना रहेको बताए ।

दर्शकको भरपुर समर्थन पाउँदै आएको झापा तीन विदेशी खेलाडी र आफ्ना नियमित स्ट्राइकर कर्ण लिम्बू, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रने तयारीमा छ । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोलरक्षक विकेश कुथुसहितका मैदान ओर्लंदै छ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.