स्वास्थ्यकर्मी कुट्ने दम्पत्ति पक्राउ

स्वास्थ्यकर्मी कुट्ने दम्पत्ति पक्राउ

नुवाकोट : रसुवामा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। नौकुण्ड गाउँपालिका - २ यार्सास्थित यार्सा स्वास्थ्य चौकीमा कार्यरत नेप्लीसा पुनमगरलाई कुटपिट गरेका कारण दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–२ यार्साका ५० वर्षीय दावानेमा तामाङ र उनकी श्रीमती ४३ वर्षीया कितारानी तामाङ रहेको रसुवा प्रहरीले जनाएको छ। तामाङकी भाइबुहारी गत साउनमा सुत्केरी भएकी थिइन्। 
स्वास्थ्य चौकी ल्याउन सक्ने अवस्था नरहेपछि अनमी मगरको टोलीले घरमै गएर सुत्केरी गराएका थिए। 

उनीहरुले मगरलाई स्वास्थ्य चौकीले सुत्केरी भत्ता उपलब्ध गराउनु पर्ने दबाब दिँदै आएका थिए।
पाउनुपर्ने रकम लिएको र आफूहरुलाई नदिएको भनी तामाङ दम्पत्तीले गाली गलौज गरी बिहीबार साँझ कुटपिट गरेको स्वास्थ्यकर्मी मगरले आरोप लगाएकी छिन्। कुटपिट गरिए पनि मगरको शरीरमा बाहिरी चोट नदेखिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए। 

नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सुत्केरी भत्ता उपलब्ध गराउँछ। घरमा सुत्केरी गराएकालाई सुत्केरी भत्ता दिन नमिल्ने स्वास्थ्य चौकीले जनाएको छ। अनुसन्धान गरी पक्राउ परेका दम्पतीलाई सार्वजनिक हित विरुद्धको कसुर अनुसारको सजाय हुने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.