मकवानपुरमा जन्तीबस दुर्घटना, दुईको मृत्यु, २८ जना घाइते

मकवानपुरमा जन्तीबस दुर्घटना, दुईको मृत्यु, २८ जना घाइते

मकवानपुर : कान्ति लोकपथ अन्तरगत काठमाडौँ–हेटौँडा सडकखण्डको मकवानपुर गढीस्थित शिखरकटेरीमा मंगलबार दिउँसो जन्तीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

भक्तपुरबाट हेटौँडा आउँदै गरेको बा४ख२२१७ नम्बरको जन्तीबस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताए । 

दुर्घटनामा मृत्यु हुनेहरुमा नुवाकोट जिल्लाका २१ वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियार रहेका छन् । उक्त बस दुर्घटनामा अन्य २८ जना जन्ती घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको अहिले हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरबाट बेहुलासहित जन्ती लिएर आएका तीनवटा मध्ये एउटा बस दुर्घटनामा परेको हो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.