बिहेमा खाना पकाउँदै गर्दा सिलिन्डर पड्कियो
सिरहा : सिरहाको लहान नगरपालिका २२ गम्हरियामा ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको छ। आगलागीबाट बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसमान जलेर नष्ट भएका छन्। बिहेभोजमा खाना पकाउन प्रयोग गरिएको गयास सिलिन्डर पड्किएको हो।
राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पडकिएर आगलागी भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए। उनका अनुसार चौधरीले छोरीको बिहेका लागि ल्याएका ८ लाख बराबरको सरसमान, २ लाख नगद र डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको छ।
उनकै घरबाट आगो सल्केर शिक्षक चौधरी, दुखी चौधरी, बालकृष्ण चौधरीको एक/एक घर र खाद्यान्न गरी १७ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाको दमकलले २ घण्टापछि आगो नियन्त्रयणमा लिइएको थियो। आगलागी भए पनि बिहे भने रोकिएन।