आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता: छानिदै जुडो र हक्‍कीका खेलाडी

आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता: छानिदै जुडो र हक्‍कीका खेलाडी

बिर्तामोड : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि प्रदेश १ स्तरिय जुडो तथा हक्‍की खेल प्रतियोगिताको छनोट खेल झापामा सुरु भएको छ। बुधबारबाट भद्रपुरस्थित मेची रङ्गशालामा सुरु छनोट दुई खेलको जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले उद्घाटन गरेका हुन्। 

बिहीबारसम्म सञ्चालन हुने खेलमा प्रदेश १ का पाँच जिल्लाका जुडो र झापाका हक्‍की खेलका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले जानकारी दिए।

पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सह-आयोजनामा छनोट खेल सुरु भएको हो। अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि ७ वटै प्रदेशमा विभिन्न खेलको खेलाडी छनोट भइरहेको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले राष्ट्रको विकास र समृद्धि सहितको पहिचानको लागि खेलकुद महत्वपूर्ण क्षेत्र भएकाले प्रदेशस्तरिय खेलाडी छनोट प्रतियोगिता झापामा हुनु सबैभन्दा खुसीको क्षण भएको बताए। 

कार्यक्रमका प्रमुख अतिथि पोर्तेलले खेल र खेलाडीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन सके सम्पूर्ण खेल जगतको विकास हुने बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.